अनुमति बिना ‘ड्रोन’ उडाउन नपाइने

२०७२ बैशाख २३ गते, बुधबार

काठमाडौ,२३ वैशाख । नेपाली आकाशमा बिना अनुमति ड्रोन (मानवरहित विमान) उडान गर्नेलाई कारवाही गरिने भएको छ । भूकम्पले विपत निम्तिएको मौका छोपेर मानवरहित विमानले नेपालको बहुमूल्य सम्पदाको तस्वीर लिने तथा गलत सन्देश प्रभावित गर्ने गर्ने काम भइरहेको सूचना प्राप्त भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले ड्रोन उडानमा रोक लगाएको हो ।
भूकम्पले विपत निम्तिएको अवस्थामा केही दिनदेखि नेपाली आकाशमा अनधिकृत रुपमा ड्रोन उडान गराई निषेधित क्षेत्रको सूचना तथा तथ्याङ्क संकलन गर्ने काम गरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचनामार्फत ध्यानाकर्षण गराएको छ ।
अध्ययन अनुसन्धान प्रयोजनको लागि नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृतिमा प्राधिकरणबाट उडान अनुमति लिई राज्य राज्यले निषेधित भने तोकेका क्षेत्रबाहेक प्राधिकरणले तोकेको हवाइ क्षेत्र र शर्तहरुका अधीनमा रहेर मात्रै ड्रोन उडान गर्न प्राधिकरणले आग्रह गरेको छ ।
बिनाअनुमति ड्रोन उडान गरे नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ को उपदफा ३ बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार