तत्काल ठूलो भूकम्प जादैन : भूकम्पविद्

२०७२ बैशाख १७ गते, बिहीबार

काठमाडौं,१७ वैशाख ।आज राजधानीमा गरिएको एक कार्यक्रममा भूकम्पविद्हरुले नेपालमा तत्काल ठूलो भूकम्प जाने सम्भावना कम भएको दाबी गरेका छन् । उनीहरुले ठूलो भूकम्प जाने खतरा टरेको भएपनि स–साना कम्पन भने एक महिनासम्म आइरहन सक्ने बताए ।भूकम्पले क्षति नपुर्‍याएका घरमा ढुक्कसँग बस्न सकिने भएपनि आंशिक क्षति पुगेका वा चर्किएका घरहरुको प्राविधि जाँच गराएर मात्र बस्नुपर्नेमा पनि उनीहरुले जोड दिए ।
कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डे र प्राध्यापक डा. अञ्जना सिंहले खानेकुरा र पानीको माध्यमबाट सरुवा रोग पैmलनसक्ने भन्दै फोहोर व्यवस्थापनमा ध्यान दिन सुझाव दिए ।कार्यक्रमका अन्य सहभागीहरुले अब सरकारले राहत वितरण र प्रकोप नियन्त्रणमा ध्यान दिनुपनेमा जोड दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार