भूकम्पको धक्का स्वभाविक ,डराउन पर्दैन : विज्ञ

२०७२ बैशाख १७ गते, बिहीबार

काठमाडौं, १७ बैशाख। आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । योसँगै अहिलेसम्म चार रेक्टरभन्दा माथिको १ सय ७ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।
त्यसअघि बुधबार राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । तीनदिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गएपनि बुधबार ६ वटा मात्र गएको हो।
गएको मंगलबार १३ वटा भूकम्प गएको थियो । भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्ले बताएका छन् । ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार