नेपालमा बनेको माउस र किबोर्ड विश्वमै उत्कृष्ट

२०७२ बैशाख १२ गते, शनिबार

काठमाडौँ । कम्प्युटर एशोसिएशन क्यानले नेपालमा बनेका माउस र किबोर्ड विश्वकै उच्चकोटीका रहेको दाबी गरेको छ । नेपालको हार्डवेयर र सफ्टवेयर सर्वेक्षणसम्बन्धी गरिएको अध्ययनको प्रतिबेदन सार्वजनिक गर्दै क्यानले उक्त दाबी गरेको र छ । कम्प्युटर एशोसियशन नेपाल (क्यान) फेडेरेशनले आफ्नो वेभ पोर्टल र सो प्रतिवेदन एकसाथ सार्वजनिक गरेको थियो । प्रतिवेदनका अनुसार प्रत्येक वर्ष नेपाल भित्रिने विभिन्न ब्रण्डाका ८० लाख कम्प्युटरमध्ये ६८ लाख विक्री हुने गरेको छ । नेपालमा ७६ प्रतिशत सफ्टवेर निर्माण पुरुष र बाँकी महिला रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै क्यानका अध्यक्ष विनोद ढकालले क्यानको सक्रियता एवम् जाइका नेपाल र आइसेट नेपापलको सहयोगमा नेपालभर सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए । नेपालमा कम्प्युटर आयात निर्यातमा सरकारले अनुगमन एवम् सुपरिवेक्षण गर्नुपर्ने बताए । नेपालका लागि जापान राजदूत मसाशी वगावाले सर्वेक्षणमार्फत क्यानले राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार