लोकसेवा अनलाइन प्रणालीमा

२०७२ बैशाख ९ गते, बुधबार

काठमाडौँ । लोकसेवा आयोगको फाराम भर्ने तयारीमा हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फाराम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको छ । यो प्रणालीको विकास भएपछि परीक्षार्थीहरुले आफ्नै गाउँठाउँबाट अनलाइनमार्फत आयोगको फाराम भर्न सक्नेछन् तथा प्रवेशपत्रसमेत प्रिन्ट गरेर प्राप्त गर्न सकिनेछ ।आयोगका प्रवक्ता राजीव गौतमले नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्र्गतका विभिन्न उपसमूहका पदहरु र सर्वे समूह, अमिन पदको दरखास्त फारम परीक्षणका रुपमा अनलाइन प्रणालीमार्फत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । यस प्रणाली सञ्चालन प्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा बाँकी पदका लागि पनि अनलाइन विज्ञापन सुरु गर्ने तयारीमा आयोग लागेको जानकारी उनले दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार