घरजग्गा मेला वैशाख ४ देखि

२०७२ बैशाख १ गते, मंगलवार

काठमाडौ, १ बैशाख । काठमाडौको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेदेखि घरजग्गा मेला हुने भएको छ । नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा वैशाख ४ गतेदेखि ७ गतेसम्म आयोजना हुन लागेको पाँचौं घरजग्गा मेलाको सबै तयारी पूरा भएको सोमबार आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
संघका अनुसार मेलामा जग्गा तथा आवासका अलावा फर्निचर, इन्टेरियर डिजाइन, प्लम्बिङ, निर्माण सामाग्री लगायतका स्टल राखिने छन् । संघका अध्यक्ष इच्छाराज तामाङले यस पटकको मेला अघिल्ला वर्षहरुको भन्दा फरक हुने दाबी गर्दै मेला अवलोकनकर्ताहरुलाई घर निर्माण गर्दा लाग्ने न्युनतम लागत, घर निर्माणको नयाँ प्रविधि, घरको बनावटमा वास्तुको भूमिका लगायतका विषयमा जानकारी गराइने बताए । संघले १ लाख ५० हजार जनाले मेला अवलोकन गर्ने र मेलामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरेको छ ।

प्रतिक्रियाहरु