आलु महोत्सव चैत २३ देखि

२०७१ चैत्र ५ गते, बिहीबार

काठमाडौं, ५ चैत । पोखराको हेम्जामा आगामी चैत २३ देखि २९ गतेसम्म आलु महोत्सव हुने भएको छ । ‘हेमजा आलु महोत्सव-२०७१’ मा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने आयोजकको लक्ष्य छ । ‘सुन्दर गाउँ, हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं’ भन्ने नाराका साथ विष्णुपादुका खेल मैदान हेमजामा महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवमा राखिने स्टल बुकिङ्ग कार्य अन्तिम चरणमा पुगेको छ । कुल ९४ स्टल मध्ये ७० प्रतिशत स्टल बुकिङ्ग भईसकेको विष्णुपादुका क्लवका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए ।
महोत्सवमा २० फरक आलुका परिकारहरु हुने भएका छन् । आलुको मःम, आलुदम, आलु चिप्स लगायतका २० फरक परिकार बनाएर बेच्न राखिने संयोजक कार्कीले बताए ।

प्रतिक्रियाहरु