आजदेखि बाख्रा सम्मेलन

२०७१ चैत्र ४ गते, बुधबार

काठमाडौ, ४ चैत । आजदेखि ‘खाद्य सुरक्षा तथा आर्थिक समृद्धिका लागि दिगो बाख्रा ब्यवसाय’ नाराका साथ बाख्रा ब्यवसायसम्बन्धी सम्मेलन सुरु हुँदैछ । सम्मेलन २ दिन चल्नेछ ।सम्मेलनमा आएको निष्कर्षबमोजिम आगामी दिनमा बाख्रा प्रवर्द्धनका कार्यक्रम गरिने पशुसेवा विभाग अन्तर्गतको पशुपन्छी बजार विकास निर्देशनालयले जनाएको छ ।
गत वर्ष बाख्रा ब्यवसायका लागि अनुसन्धान तथा विकास रणनीति विषयक पहिलो सम्मेलन सम्पन्न भएको थियो । त्यसकै निरन्तरताका लागि यो वर्ष पनि सम्मेलन गर्न लागिएको हो ।
यो वर्षको सम्मेलनले बाख्रा ब्यवसायका लागि उपयुक्त प्रविधि तथा विकासमा संलग्न निकायहरुबीच समन्वय गर्ने, हालसम्मका उपलब्धीको समीक्षा गर्ने र बाख्रा ब्यवसायलाई थप ब्यवसायिक बनाउन आवश्यक नीति तर्जुमा गर्ने लगायत उद्देश्य लिइएको छ ।वाषिर्क ५ लाख खसिबोका भारत र चीनबाट आइरहेको सन्दर्भमा बाख्रा प्रवर्द्धन गर्न गोष्ठीको भूमिका रहने आयोजकले जनाएका छन् ।

प्रतिक्रियाहरु