अन्नपूर्ण पदमार्गमा नहिँड्न प्रशासनको आग्रह

२०७१ पुष १८ गते, शुक्रबार

काठमाडौ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा फेरि हिमपात भएको छ । मंसिर अन्तिम हप्ता २/३ दिन हिमपात भएर रोकिएकोमा दुई हप्तापछि फेरि हिमपात भएको हो ।मनाङको माथिल्लो मनाङ, नार, फू उपत्यकासहित सदरमुकाम चामेमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अर्जुन गहतराजका अनुसार माथिल्लो मनाङ क्षेत्रको गोरेटो बाटोमा २ फिटसम्म हिउँ जमेको छ । हिमपात निरन्तर भईरहेकाले असुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटकलाई गन्तब्यमा नजान आग्रह गरेको छ । हिउँ परेको नरोकिएसम्म गन्तब्यतर्फ नगई आफू बसेको होटलमा बस्न र स्थानीय प्रशासन साथै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको ईलाका संरक्षण कार्यालय, पर्यटक चेकजाँच केन्द्र लगायतमा सम्पर्क गर्न अनुरोध गरिएकोे प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
यस्तै लमजुङको भुजुङ, घनपोखरा, खुदी, भुलभुले दूधपोखरी, ईलमपोखरी लगायत गाविसका लेकाली क्षेत्रहरुमा हिमपात भएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु