आज नारायणगोपाल स्मृति दिवस

२०७१ मंसिर १९ गते, शुक्रबार


काठमाडौ ।स्वरसम्राट नारायणगोपालको आज २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।देशभर उहाँको सम्झनामा बिभिन्न कार्यक्रमहरु गरिदैछ । विक्रम संवत १९९६ मा बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौमा जन्मिएका गायक नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।
१ सय ५७ वटा नेपाली गीत गाएका नारायणगोपाल नेपालका सबैभन्दा सफल आधुनिक गायक हुनुहुन्छ । सर्वोत्तम संगीतकार, सर्वोत्तम गायक, रत्न रेकर्ड पुरस्कार, गोरखा दक्षिण बाहु, चौथो लगायत थुप्रै पुरस्कारबाट स्वर सम्राट नारायण गोपाललाई सम्मान गरिएको छ । घरमा सांगीतिक वातावरणमा हुर्केका नारायणगोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराउनुभएको थियो ।
उहाँका एउटा मान्छेको मायाले कति ‘मलाई नसोध कहाँ दुख्छ घाउ, दुईटा फुल देउरालीमा, जुन फुल मैले रोजेको थिएँ कसैले टिपेछ, पर्खी बसेँ आउला भनीलगायतका थुप्रै गीत अहिले पनि लोकप्रिय छन् ।

प्रतिक्रियाहरु