फेवातालको अस्तित्व संकटमा

२०७१ कार्तिक १६ गते, आईतवार


काठमाडौँ । पोखराको फेवाताल एक सय ५० वर्षपछि बिलिन हुने विज्ञहरुले बताएका छन् ।मानवीय अतिक्रमण र वर्षेनि फैलिँदै गएको जलकुम्भी झारका कारण फेवातालमा संकट परेको उनीहरुको भनाइ छ । जिविस कास्की र पोखरा उपमहानगरपालिकाले ताल संरक्षण एवम् व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग गरेको संयुक्त छलफलमा वक्ताले ताल बिलय हुने चिन्ता व्यक्त गरेका हुन् ।
सरकारी तवरबाट ताल संरक्षणमा अग्रसरता लिई दीर्घकालिन तथा प्रभावकारी ढंगले काम सुरु गर्न उनीहरुले आग्रह गरेका छन् । कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीले फेवाताल पोखराको मात्र नभएर विश्वकै पर्यटकीय आकर्षणको केन्द्र भएको बताए । यसको संरक्षणका लागि राज्य गम्भीर भएर लागेको र ताल संरक्षणका लागि गठित समितिहरुले दिएका प्रतिवेदनलाई आधार मानेर सरकार अघि बढ्ने उनको भनाइ छ ।
क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले ताल संरक्षणका लागि स्थानीय स्वायत्त शासन ऐनको परिधिभित्र रहेर काम गर्नुपर्ने बताए । उनले उपयुक्त संस्थागत संरचना बनाएर १५ दिनभित्र काम सुरु गर्नुपर्ने बताए ।
कार्यक्रममा प्राध्यापक डा. कृष्ण केसी र सहप्राध्यापक खगेन्द्र पौडेलले ‘पोखराको फेवाताल: अवसर, चुनौती र सम्बोधन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार