चन्दन तस्करीको आरोपमा नेपाली पक्राउ

२०७१ भाद्र २० गते, शुक्रबार

काठमाडौ । भारतको कर्नाटक राज्य हुँदै नेपाल लैजान लागिएको एक ट्रक चन्दन तस्करीमा संलग्न भएको आधारमा चार नेपालीलाई हरियाणाको गुढगाउँमा पक्राउ गरेर प्रहरी अनुसन्धान सुरु भएको छ ।गत भदौ १५ मा ट्रकका चालकसहित ४ नेपाली पक्राउ गरिएकोबारे नेपाली दुतावासका काउन्सेलर राजेन्द्रमान श्रेष्ठलाई स्थानीय प्रहरीले जानकारी गराएको छ । गुढगाउँको मानेसर प्रहरी चौकीमा दर्ता भएको प्रथम सूचना जानकारी (एफआइआर) अनुसार अर्घाखााचीका नेत्र, पाल्पाका मेघ, धादिङका जगत र बाबुकाजी तस्करी अभियोगमा समातिएका छन् । पक्राउ पर्नेको बिस्तृत विवरण खुलाइएको छैन ।
फर्जी नम्बरको ट्रकमा ९ जना व्यक्ति रहेकोमा अरु ५ जना भारतीय भने प्रहरी-प्रशासनको निगरानी थाहा पाएर भागेका थिए ।
काउन्सेलर श्रेष्ठका अनुसार अन्य नाकामा कडाइ भएपछि तस्करले दिल्लीको ट्रान्जिट हुादै अलग सिमावर्ती नाकाबाट चन्दन नेपाल लैजान खोजेको देखिएको छ । नेपाललाई ‘ट्रान्जिट’ बनाएर चीनतर्फ लगिने गरेको चन्दन भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकबाट बढीजसो निर्यात हुने गरेको पाइएको छ ।चन्दन तस्करीको पुष्टी भएमा पक्राउ परेका नेपालीलाई स्थानीय बन अधिनियमअनुसार सजाय-कारवाही हुनेछ । पक्राउ पर्नेले भने आफूले ज्यालादारी रुपमा ट्रकको सामान लिएर आएको तर यसमा चन्दन छ भन्नेसम्म थाहा नपाएको प्रारम्भिक बयान दिएका थिए ।

प्रतिक्रियाहरु