प्रसँग : राजनीतिक बिकृति बेथितिको – छत्र मैनाली

२०७१ बैशाख २७ गते, शनिबार

नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बने पश्चात २०७० चैत्र २३ गते उपप्रधानमन्त्री एवं गृह मन्त्रि बामदेव गौतमले धुलिखेलमा सम्पन्न युवा संघ नेपालको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ठ उपरक्षक (एसएसपी) रमेश प्रसाद खरेल बिरुद्ध कटाक्ष गर्दै सिंहदरबार भित्र रहेको गृह मन्त्रालय र पुल्चोक स्थित मन्त्रि निवासको दुरी छोटो भए पनि एसएसपी रमेश खरेल आफुलाई भेट गर्न नआएको आफुलाई भेट्यो भने उसको साख गिर्छ भन्ने ठानेको होला ,सस्तो लोकप्रियताको निम्ति गुण्डा समातेको जस्तो गर्ने , समातेको केहि दिनमै छाडी दिने गरेर सेलिब्रेटी बन्न खोजेको आरोप लगाउनु भयो। आफ्नै पार्टीको भात्री संगठन युवा संघ नेपालका केन्द्रिय सदस्य प्रहरीले पक्रेर थुनामा राखेको ,आफ्नै पार्टीको सरकार हुँदा समेत आफ्ना कार्यकर्ता थुनिएर बस्नु पर्ने ,पार्टीकै गृह मन्त्रि मुकदर्शक बनेर बसेको संगठनको दबाब लाइ झेल्न नसकेर त्यसरी सार्वजनिक रुपमा प्रस्तुत भएको हो भने पनि पदीय मर्यादा बिपरित नै हुन जान्छ।यदि मुलुकमा शान्ति सुरक्षा को जिम्मा लिएर बसेका आफु मातहातका जिम्मेवार हरुले दिएको जिम्मेवारी पुरा नगरी सर्व साधारण नागरिकको शान्ति सुरक्षा प्रति गैर जिम्मेवार भएर सेलिब्रेटी बन्न खोजेको यदि सत्य थियो भने गृह मन्त्रीले आजका दिन सम्म एसएसपी रमेश खरेल लाइ किन जिम्मेवार मुक्त गर्न सक्नु भएन ? गृह मन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भए लगत्तै देश विदेश सम्म तुरुन्तै फैलियो। सामाजिक संजालमा मन्त्रि गौतमको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा लामै बहस भयो । धेरै जसोको मत अभिव्यक्ति बिरुद्धमा देखिन्थ्यो। उक्त अभिव्यक्तिलाई लिएर संचार कर्मीले एसएसपी रमेश प्रसाद खरेलको धारणा बुझ्दा एसएसपी बाट नेपाल प्रहरी चेन अफ कमाण्ड मा चल्ने भएको हुँदा व्यक्ति बिशेष गृह मन्त्रीलाई भेट्नुको कुनै औचित्य र आबश्यकता नरहेको ,आफुले कहिले प्रयास नगरेको र गर्न जरुरत नभएको भन्दै आफ्नो पेशा र ब्यबसायिक छवि प्रति दृढता ,इमान्दारिता देखाएर संगठनको मर्यादा बढाउने काम भएको थियो। एकजना ब्यबसायिक व्यक्तिको निम्ति आफु कार्यरत संगठन कति प्यारो हुन्छ भन्ने उदाहरण थियो।
दोश्रो घटना ,२०४६ सालको प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान दिनुहुने नेपाली कांग्रेसका सुप्रिम कमान्डर गणेशमान सिंह का सुपुत्र वर्तमान सरकारका उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय बिकाश मन्त्रि प्रकाशमान सिंहले नाताबाद लाइ प्रश्रय दिएर बिबादमा तानिनु भएको छ। उहाँले गरेका राम्रा नराम्रा कामको परिणाम आफ्ना पिताजी त्यत्रो त्याग , तपस्या ,लोभ ,मोह त्यागेर राष्ट्रको निम्ति होमिनु भएर खारिएर बनेको अग्लो व्यक्तित्व संग जोडिन्छ भन्ने हेक्का लागेनछ। गणेशमान सिंह नेपालको मात्र हैन विश्व प्रजातान्त्रिक मुलुकका निम्ति प्रेरणाका स्रोत हुनुहुन्छ। तत्कालिन समयमा दरबार बाट प्रधानमन्त्री बनिदिन आएको आग्रहलाई सहजै अस्विकार गरि उच्चतम त्याग र महानता देखाएर भावी पिंढीलाई प्रेरणा प्रदान गर्नु भएको छ। तर वर्तमान उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय बिकाश मन्त्रि प्रकाशमान सिंहले आफु निकटका नाता भित्र पर्ने कनिष्ट कर्मचारीलाई बरिष्ठ सरहको जिम्मेवारी दिएर गणेशमान सिंह को अग्लो कदलाई होच्याउने काम गर्नु भएको छ। मिति २०७१ ,बैशाख १७ गते मन्त्रि स्तरिय निर्णय गरेर स्थानीय पूर्वाधार बिकाश तथा कृषि सडक बिभाग (डोलिडार )का महानिर्देशक भिम प्रसाद उपाध्याय लाइ काजमा खटाएर उक्त पदमा मन्त्रि सिंहको साढुभाई नाता पर्ने जीवन कुमार श्रेष्ठ लाइ पदस्थापन गरेता पनि पुनराबेदन अदालत ललितपुरले मन्त्रीको निर्णय तत्काल लागु नगर्न आदेश जारी गरेको छ।
यी माथिका घटना उदाहरण मात्र हुन्। यस्तो अप्राकृतिक अभ्यास नेपाली राजनीतिमा लामो समय देखि बिध्यमान छ। तर हिजो र आजको परिश्थिति भने बेग्लै छ। कम्तिमा अब राजनीतिक वृत बाट हुने अन्याय ,अत्याचार, दवाब आदिलाई कर्मचारी तन्त्रले सामना गर्ने हिम्मत देखाउदै छ। यसै सिलसिलामा थाई प्रधानमन्त्री यिंगलक सिनावात्राले नातेदारलाइ जागिर दिलाउन पदको दुरुपयोग गरेको अभियोगमा अदालतले पदच्युत गरेको छ । यो घटना एसियाली मुलुकको निम्ति नजिर बनेर बस्नेछ।
प्रसँग राजनीतिक बिकृति बेथिति कै
इतिहासमा निर्दलीय पंचायती व्यवस्था हुँदाको बखत सरकारी निकायका सार्वजनिक पद धारण गरेका राष्ट्र सेवक कर्मचारी लगायत राजनीतिक नियुक्ति पाएका हरु बाट सिधा रुपमा रिसवत लिने आंट गर्दैनथे भन्ने भुक्त भोगीहरुको कथन छ। यदि कसैले परिस्थिति बस रिसवत लिने मनसाय गरेमा टेबल मुनिबाट लेनदेन हुन्थियो रे। सक्रिय राजतन्त्र हुँदाको बखत राज्यको शासन संचालन साम, दाम, दण्ड ,भेद को नीति अनुरुप (चेक एण्ड ब्यालेन्स ) को आधारमा हुने हुँदा सार्वजनिक सेवामा रहेकाले गैर कानुनी काम गर्न हिम्मत राख्दैनथे। अपराधीलाई हदै सम्मको दण्ड सजाय हुने हुँदा शान्ति सुरक्षाको स्थिति तुलात्मक रुपमा ठिक थियो । दिन रात निर्धक्क भएर हिडडुल गरेर नागरिकहरुले आफ्नो गन्तव्यमा पुग्न सक्दथे। २०४६ सालको परिवर्तन पश्चात सबै भन्दा पहिला राष्ट्रको मेरुदण्ड मानिने सरकारी स्वामित्वका कलकारखानामा गिधे दृस्टी लगाएर आफु निकटका बदनाम ब्यापारीलाई कौडीको भाउमा बिक्रि गरेर नक्कली प्रजातन्त्रको खोल ओढ्न पुगेका थिए। छिमेकी मुलुक चीनको अनुदानमा स्थापित बाँसबारी छाला जुत्ता कारखानाको उत्पादन क्षमता ठुलो परिमाणमा थियो। यति हुँदा हुँदै एकाएक कारखाना बन्द गरेर त्यहाँ भएका मेसिन लाई कौडीको भाउमा लिलाम गरेर मुलुकलाई अझ परनिर्भर बनाउने काम भयो। सुन्नमा आए अनुसार लिलाम गरिएका ति मेसिनले भारतको लखनउ स्थित जुत्ता कारखानाले दैनिक हज्जारौं जोर जुत्ता उत्पादन गर्दछ। ,सरकारी स्वामित्वमा रहेका हरेक कलकारखाना हरु एक एक गरी धराशायी बनाएर यो मुलुकलाई खोक्रो बनाउने हरु हिजो सासन सत्तामा रहेका हरु हुन् कि हैनन् ?
यस्तै आर्को भ्रष्टाचारको पछिल्लो उदाहरण नेपाल बायु सेवा निगम लाई लिन सकिन्छ। राष्ट्रिय ध्वजाबाहक बायुसेवा निगम भित्र चौतर्फी लुट मचाएर निगमको अस्तित्व धरापमा पार्ने खेलाडी को को हुन् ? निगमलाइ यो अवस्थामा पुर्याएर सजिलै निकास पाउने भए पछि त्यहाँ भित्रका चाटुकार हरुले भविष्यमा यो भन्दा बढ्ता भ्रष्टाचार नगर्लान भनेर ग्यारेन्टी गर्ने आधार छैन।अन्तरराष्ट्रिय स्तरमा नेपालको छवि लाइ बदनाम गरेर निगम टाट पल्टाउन उद्धत भएको देखिन्छ। कहिले मुसो पसाउने , कहिले जहाजको किट बक्स गायब गर्ने , पांग्रा चोर्ने ,हुँदा हुँदा ल्यानडिंग गेर समेत गायब बनाएर भ्रष्टहरुको जमातले नेपालको नामलाई अन्तरराष्ट्रिय जगतमा थप बदनाम गराएका छन्। , निगमका प्रमुख ,सम्बन्धित जिम्मेवार पदाधिकारीहरुको काम कर्तब्यमा यस्तै अपराध गर्न छुट दिएको थियो ? हैन भने प्रचलित नियम कानुनको परिधि भित्र बसेर काम गर्ने हरुले आफ्नो काम कर्तब्य को बोध नहुने हो भने निगमलाइ सार्वजनिक पाटीमा परिणत गरिदिए पाटी पौवा हो कि ? के हो ? , कहाँ गयो प्रधानमन्त्रिको भ्रष्टाचार शुन्य सहनशीलताको जनताको अगाडी छारो हाल्ने भनाइ ? हैन भने यस्ता अपराधिक घटना मुलुकको एक मात्र अन्तरराष्ट्रिय बायु सेवा निगम भित्र किन हुन पुग्यो ? सरकार छानबिन गरेर अपराधीलाई सजाय दिन किन सक्दैन ?
२०४८ सालको आम निर्वाचनमा सप्तरी जिल्ला बाट नेपाली कांग्रेसको तर्फबाट बिजयी प्रतिनिधि शभा सदस्य एबम तत्कालिन पर्यटन मन्त्री कुबेर प्रसाद शर्मा(हाल हरियाली नेपाल पार्टी शिखर समूह अध्यक्ष ) ले तत्कालिन लाउडा काण्ड हुँदाको बखत नेपाली कांग्रेस भित्र नाताबाद कृपाबाद हावी भएको हेर्न र आत्मा स्वाभिमानले सहन गर्न नसकेर कांग्रेस पार्टी परित्याग गर्नुभएको थियो। बिद्रोह स्वरूप कांग्रेस पार्टी परित्याग पश्चात भ्रस्टाचार बिरोधि पार्टीको रुपमा हरियाली नेपाल पार्टी गठन गरेर आत्म स्वाभिमानको आत्मरक्षा गर्दै देश र समाजको निम्ति जन जागरण अभियान लाइ तेज बनाउनु भएको थियो। उहाको साहसिक कदमको जति बर्णन गरे पनी कमि नै हुनेछ। आज यो देशलाई हज्जारौं कुबेर शर्माहरुको खाँचो छ। जसले सहि समयमा सहि निर्णय गरेर देश र समाजलाई सम्भावित हुन सक्ने अप्ठेरा हरुबाट बचाउन सकोस ।
सरकारी सेवाका प्राय कुनै पनी निकाय भ्रष्टाचार बाट अछुतो रहन नसक्नु लाजमर्दो बिषय हो। चरम राजनीतिक भागबन्डा , राजनीतिक हस्तछेप , राजनीतिक सरक्षणमा भ्रष्टाचारको खेति दिन दुइ गुना रात चौगुना मौलाएर गएको छ बिकट दुर्गम भेगका जनता एक चक्की सिटामोलको अभावमा अकाल मृत्युबरण गर्न बाध्यतामा छन्। एक छाक टार्न धौ धौ पर्ने पारिवारिक संख्या पनी दिन प्रतिदिन बढ्दै गैरहेको छ राजनीतिक दलहरुको मिलेमतोमा राज्यको संयत्रलाई कम्जोर पार्दाको परिणाम विश्वसामु निरिह बन्नु परेको छ। २०४६ सालको परिवर्तन सम्म फाटेको सुरुवाल र चप्पल लाउने राजनीति लाई आफ्नो खेति बनाउनेहरु एकाएक करोडपति भएर प्राडो पजेरो चड्ने हैसियतमा कसरि पुग्न सफल भए ?हिजोको समयमा यसप्रकारको जनबोली खुबै सुनिन्थ्यो हिजो आज थाकेर वाक्क भएर अथवा अन्य कुनै कारणले जनताको ध्यान त्यतातिर पुगेको जस्तो लागेन बिस्तारै बिस्तारै भ्रष्टाचार हुने गरेको प्रति हाम्रो ध्यानलाई अन्यत्रै मोड्न खोजिएको छ। केहि समय अगाडी भ्रष्टाचारी लाई किरा परोस भन्ने सामाजिक अभियान संचालन गरेर जनताको ध्यान लाई पुनर्जीवित गर्न खोजेको दिखिन्थ्यो तर अहिले त्यो अभियान कहाँ कुन अबस्थामा पुगेको बारे बेखबर जस्तै छौं। आखिर किन यसरि एका एक निभ्न लागेको बत्तिजस्तो झ्वाट्ट बलेर निभेको हो ,यसका अभियानकर्ता हरुले मुलुकको कार्यकारी प्रमुख अख्तियार निमित्त प्रमुख लगायत सरकारी उच्च अधिकारी बाट समेत सार्वजनिक रुपमा समर्थन जुटाएर सफल भएको देखिन्थ्यो। सर्व साधारणले समेत यो अभियानलाई उत्साहका साथ सकारात्मक रुपमा लिँदै किरा परोस भन्ने सत्तो सराप अभियानलाई समर्थन गरेका थिए।
नेपालमा मन्त्री, सरकारी सेवाका अधिकारी हुनासाथ राजधानीमा ठुला ठुला महल खडा हुनुपर्ने, आधुनिक महंगा सवारी साधन किन्नु पर्ने , छोरा छोरीलाई महंगा स्कुल मा अध्यन अध्यापन गराउनु पर्ने , उच्च शिक्षाको लागी विदेशमा नाम चलेका महंगा कलेजमा भर्ना गर्नु पर्ने , हंगकंगको चुरा पोते सिंगापुरको साडी लाउने होडबाजी रहे सम्म भ्रष्टाचार उन्मुलुन कदापी हुन सक्दैन। संसारमा धान रोपेर कोदो फलेको इतिहास छैन त्यसैले जे रोप्यो त्यहिँ फल दिने हो सार्वजनिक पदमा रहने सबैका हैसियत निवर्तमान मन्त्री हृदयस त्रिपाठी ले भने जस्तो मेरो पुस्तानै धनि थियो त्यसैको परिणाम स्वरूप मनग्य मात्रामा सुन चाँदी संकलन भएको हो भनेर स्पस्टिकरण दिए जस्तो पक्कै सबैका पुर्खा धनि थिएनन होला। नेपालमा भ्रष्टाचारको बिउ धेरै शक्तिशाली छ साथै यसलाई कसैले पनी हटाउन नसकिने गरी ठुलो ग्रान्ड डिजाइन् का साथ हरपल फल प्राप्त हुने गरी बिजारोपण गरिएको छ लामो समय देखि उक्त फल खान पल्केका घनटाउके हरुले यो वृक्षलाई कदापी ढल्न ,मर्न दिने छैनन्, बर, पिपलको देखावटी स्वरुपमा बिष वृक्ष भएर सदैब मलजल प्राप्त गरी रहने छ।

प्रतिक्रियाहरु