अमेरिकामा वुद्धको मुर्ति

२०७१ बैशाख २३ गते, मंगलवार

काठमाडौं । अमेरिकाको अर्विङ शहरको नेपाल सांस्कृतिक अध्ययन केन्द्रमा वैशाख २२ गते बुद्ध मुर्ति स्थापना गरिएको छ ।नेपाल सांस्कृतिक तथा अध्यात्मिक केन्द्र र नेपाल नेवाः एशोसिएशनको संयुक्त पहलमा पाँच फिट दुई इन्च अग्लो सुनको जलप लगाएको बुद्धको मूर्ति स्थापना गरिएको हो ।
पाटनका कलाकार अमिर शाक्यले बनाएको मुर्ति भियतनामी भिक्षुले बुद्ध मन्त्र पाठ गरी अनावरण गर्नुभएको त्यहाँबाट स्वयम्भु शाक्यले जानकारी दिए ।
कार्यक्रममा विभिन्न नौ वटा देशबाट सहभागी भिक्षुहरुले शान्तिका दूत गौतम बुद्धको मूर्ति स्थापना भएको ऐतिहासिक दिनको प्रत्यक्षदर्शी बन्न पाएकोमा खुशी ब्यक्त गरेका थिए । त्यस अवसरमा नेपाल सांस्कृतिक तथा अध्यात्मिक केन्द्रका डा. मुरली अधिकारीले केन्द्रको इतिहासबारे जानकारी गराएका थिए ।

प्रतिक्रियाहरु