दुबईमा भ्यान दुर्घटना हुँदा एक नेपालीको मृत्यु

२०७० चैत्र २० गते, बिहीबार


काठमाडौ, २० चैत ।दुबईमा नेपाली चढेको भ्यान दुर्घटना हुँदा एक नेपालीको ज्यान गएको छ । दुर्घटनामा दोलखा लाकुरीडाँडाका कृष्णबहादुर खत्रीको ज्यान गएको हो ।
दुई वर्षदेखी दुबईको केएफसी कम्पनीमा कार्यरत खत्रीको शुक्रबार ज्यान गएको हो । नियमित ड्युटी सकेर बासस्थान फर्कने क्रममा खत्री चढेको भ्यान ट्रेलरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा खत्रीसँगै रहेका पाकिस्तानी नागरिकको पनि ज्यान गएको छ । मृतकका आफन्तले पाउने बिमा बापतको सम्पूर्ण रकम कम्पनीले चाँडै नेपाली राजदूतावासमार्फत आफन्तलाई दिने सहमति खत्रीका काका जीतबहादुर खत्रीले जानकारी दिनुभयो ।- नवराज बस्नेत/युएई ।

प्रतिक्रियाहरु