यस्तो पो रेष्टुरेन्ट !

२०७० आश्विन ३१ गते, बिहीबार

अमेरिकाको न्युयोर्कस्थित गि्रन प्वाइन्ट नामक रेष्टुरेन्टले अनौठो नियम बनाएको छ । त्यस रेष्टुरेन्टमा खाना खाउन्जेल एक आपसमा कुराकानी गर्न निषेध छ । शान्त वातावरणमा स्वादिष्ट भोजनको मज्जा लुट्न पाइयोस् तथा ग्राहकको ध्यान खानामै जाओस् भन्ने सदिक्षाका साथ यस्तो नियम बनाइएको रेष्टुरेन्टको दाबी रहेको छ ।गि्रन प्वाइन्ट नामक उक्त रेष्टुरेन्टका मुख्य शेफ निकोलन नोमानले आफुले भारत भ्रमणका बेला त्यहाँका बौद्ध भिक्षुहरुको खाने स्टाइलबाट प्रभावित भएर यस्तो रेष्टुरेन्टको स्थापना गरेको बताउँछन् । भिक्षुहरु खाना खाने बेलामा बोलचाल गर्दैनन् । खाने बेलामा केवल खानामै ध्यान केन्दि्रंत गर्ने भिक्षुहरुको व्यवहारबाट आफु प्रभावित भएर सोही अवधारणामा रेष्टुरेन्ट संचालन गरेका हुन् उनले ।
उक्त रेष्टुरेन्टको नियम कडा छ । यदि कसैले नियम तोडेर खाने बेलामा आपसमा कुराकानी ग्ार्यो भने उसलाई कर्मचारीले बाहिर गलहत्याउँछन् । तर अहिलेसम्म त्यहाँ आउने ग्राहकले नियमको भरपूर पालना गरिरहेको उनी बताउँछन् ।
न्युयोर्कका मान्छेले गि्रन प्वाइन्ट रेष्टुरेन्ट खुबै रुचाएको बताइन्छ । मानिसहरुले त्यहाँको भोजन र वातावरणलाई योगाको रुपमा लिन थालेका छन् । भिडभाडयुक्त सहरमा त्यो रेष्टुरेन्ट मात्र त्यस्तो हो जहाँ शान्तसँग भोजन ग्रहण गर्न पाइन्छ भन्ने धारणा त्यहाँ पुगेर खानेहरुको छ ।
त्यहाँ खाने बेलामा बोलचाल त गर्न पाइँदैन नै । खोकी तथा हाच्छिउँ लागेपछि उठेर बाहिर निस्केर खोकेर मात्र भित्र छिर्नुपर्छ, त्यहाँ भएका अरुलाई डिस्टर्ब गर्न पाइँदैन ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु