मलेसियामा दश नेपाली अलपत्र

२०७० बैशाख १८ गते, बुधबार


काठमाडौं, । वैदेशिक रोजगारीमा सन्ना ईन्टरनेश्नलबाट दुई हप्ता अगाडि मलेसिया पुगेका १० जना नेपालीहरु कम्पनीका मालिकको कुटाईबाट अङ्गभङ्ग भई अलपत्र अवस्थामा रहेको पीडितका परिवारले जानकारी दिएका छन् ।
सोमबार कमाण्डलु र रबरका चप्पलसहित वैदेशिक रोजगार विभागमा आफ्ना छोराहरुलाई सकुसल नेपाल झिकाईदिन जाहेरी दरखास्त दिन आएक पिडितका परिवारले कम्पनीका मालिकले आफ्ना छोराहरुलाई अनकण्टार जङ्गलमा लगेर दैनिक पिट्ने गरेको जानकारी दिएका छन् ।मलेसियामा पिडित बनेकाका आफन्तजनहरु रामकुमार लोहार ठाकुर,नथुनी महतो,नहेरा मण्डल,महेन्द्र महतो,धनुक सहानी,भिखारी राय,रामधार यादव र रामचन्द्र शाहले वैदेशिक रोजगार विभागबाट ईजाजत प्राप्त सन्ना ईन्टरनेश्नलका सञ्चालकले आफ्ना छोराहरुलाई मलेसियामा अलपत्र पारेको बताएका छन् । नेपालबाट वैदेशिक रोजगारीमा गएको १० दिन देखि नै खान नदिने कुटपिट गर्ने गरेको जानकारी दिँदै जति सक्दो छिटो उद्धार गरिदिन सरकारसाग आग्रह गरे–‘उनीहरुको एउटै स्वर थियो बाबु हाम्रा छोराहरु बचाईदिनुस् !’
सन्ना ईन्टरनेश्नल सन् २०१२ को दोश्रो लिष्टमा श्रम तथा वैदेशिक रोजगार मान्त्रालय र विभागको छनौटमा परेको कम्पनी हो । कम्पनीका सञ्चालक मो.मुस्ताक मिँया बङ्गलादेशी नागरिक हुन् । उनले नक्कली फाईल बेचेरै दोश्रो स्थान ओगट्न सफल भएको अन्य व्यवसायीहरुको भनाई रहेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष वल बहादुर तामाङले त यो छनौट प्रकृया अपारदर्शी भएको भन्दै पूर्णरुपमा असहमती जनाएका थिए ।
विभागको चलानी नं.७२०९६१,Lt# ३५९४४५ Date: 2013-03-13 16:25 रहेको अन्तिम स्वीकृति पत्रमा रहेका सुधिर कुमार मण्डल पासपोर्ट नं.०५७८०६३०,रामविश्वास सहनी पा.पो.नं.०६१४४१०१,इन्दल महतो पा.पो.नं.०६१५३१६३, फेकन शाह पा.पो.नं. ०६१२६८२७, सञ्जय हजारी पा.पो.नं.०६१०८५९६, रन्जय राय पा.पो.नं.०६१०३३२०, प्रमोद राय पा.पो.नं. ०५९०५९१६, श्रीराम महतो पा.पो.नं. ०६०३७६२९, रन्धिर ठाकुर लोहार पा.पो.नं. ०६०९९८१७, लक्ष्मण सहानी पा.पो.नं. ०६१४१७६५ रहेको पिडितले वैदेशिक रोजगार विभागमा दिएको निवेदनमा उल्लेख छ ।
वैदेशिक रोजगार विभागमा नेपाली कामदारहरु विदेशमा अलपत्र परेका वा मृत्यु भएका प्रमाण सहित निवेदन आउँदा पनि अहिलेसम्म वैदेशिक रोजगार ऐन २०६४ र कामदारको हित विपरित कार्य गरेका कारण कुनै पनि म्यानपावर कम्पनी खारेज भएको विभागसँग रेकर्ड छैन् । प्रत्येक म्यानपावर कम्पनीका सञ्चालकहरुले दुई÷दुई वटा म्यानपावर दर्ता गरी राखेका छन् । सर्वोच्च अदालतले नयाँ म्यानपावर दर्तामा रोक लगाएको छ । यसबाट सिमित म्यानपावर व्यवसायीहरुले सिण्डिकेट प्रणाली मार्फत फाईदा उठाई रहेका छन् । जसलाई सर्वोच्च अदालतले मान्यता दिएको छ ।
सन्ना ईन्टरनेश्लका सञ्चालक मो.मुस्ताक मिँया अहिले वङ्गलादेश रहेका छन् । मलेसियामा कामदार अलपत्र पर्ने पक्कापक्की भएपछि उनी वङ्गलादेश गएको श्रोतले दाबी गरेका छ । सञ्चालक मुस्ताकले प्रतिकामदार जनही एकलाख ५० हजार सम्म रकम उठाएको पिडितका परिवारले जानकारी दिएका छन् । मलेसियाकोलागि बढीमा ८० हजारसम्म लिन पाउने सरकारले व्यवस्था गरे पनि नियमनकारी निकायको अभावमा म्यानपावर व्यवसायीहरुले मनपरी रकम असुल्ने गरेका छन् ।
सञ्चालक मो.मुस्ताकले फाईल बेचेर मात्रै प्रत्येक वर्ष पाँचकरोड बढी कमाउने गरेको व्यवसायी प्रतिनिधि र उनको कम्पनी सन्ना ईन्टरनेश्नलको फाईल चलाउने एजेन्टहरुको भनाई रहेको छ । उनले तीन महिना अघिमात्र पचासौं लाख पर्ने सुविधा सम्पन्न गाडी किनेका छन् । उनको वङ्गलादेशमा विभिन्न अन्तराष्ट्रिय कम्पनीहरुमा सेयर रहेको श्रोतले जानकारी दिएको छ ।
नेपाली पासपोर्ट वङ्गलादेशी नागरिकलाई बेच्नु, नक्कली नागरिकताको कारोवार गर्ने र नेपाली महिला कामदारहरु भारतको बाटो हुँदै खाडी लगायतका मुलुकमा पठाउने कार्य गर्दै आएको उनी निकट श्रोतले जानकारी दिएको छ । तर विभाग र सम्बन्धित निकाय भने मुस्ताक मिँयाको घुषमा घोलिएका छन् । पिडितलाई गुण्डा लगाएर क्षतिपूर्ति पाउनबाट बञ्चित गराउनु र नक्कली भारुको कारोवारमा समेत उनको संलग्नता रहने गरेको श्रोतले दाबी गरेको छ ।
मलेसिया स्थित सोनी मोवाईल कम्पनीमा काम लगाउने भनेर सरकारले तोके भन्दा दोब्बर रकम असुले पनि उनको कम्पनीमार्फत मलेसिया पुगेका १० जना नेपाली कामदारहरु मलेसियाको कुन ठाउँ र कम्पनीमा रहेका छन भन्ने कुरा पत्तो नलागेको पिडितका परिवारले जानकारी दिएका छन् । मलेसियामा रहेका पिडित मध्येका एक श्रीराम महतोको नम्बर ६०१६३७७०६२० रहेको र यही नम्बरबाट परिवारको सम्पर्कमा आएको जानकारी उनीहरुले दिएका छन् । मलेसियास्थित नेपाली राजदूतले पिडितका परिवारलाई वैदेशिक रोजगार विभागमा उजुरी दिन भनेपछि आँफुहरु विभागमा उजुरी दिन आएको जानकारी पिडितका परिवारले जानकारी दिए ।

प्रतिक्रियाहरु