अखण्ड शान्तिदीप दक्षिण कोरियातर्फ

२०७० बैशाख ६ गते, शुक्रबार

काठमाडौँ, – अन्तर्राष्ट्रिय जगतमा विश्वशान्तिको कामना र बुद्ध जन्मस्थल लुम्बिनीबारे रहेका भ्रम चिर्न लुम्बिनीको अखण्ड शान्तिदीप दक्षिण कोरिया लैजान लागिएको छ। लुम्बिनीमा बिहीबार आयोजित समारोहमा बौद्ध धर्मगुरु तथा पुरोहितको मन्त्रोच्चारणबीच दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङबो र दक्षिण कोरियाली बौद्ध धर्मगुरु स्याङबु हेजेनले संयुक्त रुपमा लुम्बिनीको अखण्ड शान्तिदीपमा कोरिया लैजाने ‘लुम्बिनी शान्तिदीप’ सल्काए। उक्त दीप राजदूत लामा र कोषका उपाध्यक्ष कर्मा स्याङबोले लुम्बिनी शान्तिदीप यात्रा टोलीका संयोजक कपिल लामालाई हस्तान्तरण गरेका थिए ।
कोरिया लैजाने दीप शुक्रबार शीतल निवासमा एक कार्यक्रमबीच राष्ट्रपतिले धर्मगुरु हेजेनलाई हस्तान्तरण गर्ने कार्यक्रम छ। त्यसपछि दीप कोरिया लगिने छ।
शान्तिदीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै राजदूत लामाले उत्तर र दक्षिण कोरियाबीचको वैमनष्य तथा द्वन्द्वको असर नेपालमा पनि पर्ने भएकाले ती देशका साथै विश्वमै बुद्धको शान्ति सन्देश फैलाउनु आवश्यक भएको बताए। धर्मगुरु हेजेनले लुम्बिनीबाट लगिने शान्तिदीप बौद्ध पूर्णिमाका दिन (मे २५ मा) दक्षिण कोरियाका १ सय ८ वटा महत्वपूर्ण गुम्बामा प्रज्ज्वलन गरिने बताए।
नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने, दुवै देशमा शान्ति र समृद्धि कामनाका साथै विश्वमा बुद्धको शान्ति सन्देश फैलाउने उद्देश्यले लुम्बिनी शान्तिदीप कोरिया लैजान लागिएको उनले जानकारी दिए। कोरियाली प्रायद्विपमा शान्ति र आपसी मेलमिलापको कामना गर्दै लुम्बिनीबाट बुद्धको अस्तुसमेत लैजान लागेको उनले जानकारी दिए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष कर्मा स्याङवो शेर्पाले लुम्बिनी शान्तिदीपको सफलताको कामना गरे। शान्तिदीप यात्राले दुई देशबीच सम्बन्धका साथै लुम्बिनी विकासमा योगदान पुर्यासउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।
लुम्बिनीबाट लगिने शान्तिदीपबाट अरु दीप सल्काएर दक्षिण कोरियामा बुद्ध जयन्तीको अवसरमा हुने विशेष महोत्सव शुभारम्भ गरिने कार्यक्रम रहेको नेपाल दक्षिण कोरिया शान्तिदीप यात्रा नागरिक समाजका अध्यक्ष कपिल लामाले बताए।
महोत्सवमा दुई दर्जनभन्दा बढी देशका बौद्ध धर्मावलम्बीले बुद्धसम्बन्धी झाँकी प्रस्तुत गनर्ेे र थुप्रै देशका पर्यटक सहभागी हुने भएकाले यसले बुद्ध जन्मस्थलबारेका भ्रम चिर्न मद्दत पुग्ने लामाले बताए। लुम्बिनीको अखण्ड शान्ति दीपबाट सल्काइएको शान्तिदीपलाई विशेष प्रकारको सानो बक्समा ननिभाईकन दक्षिण कोरिया पुर्याशइने छ। कोरियाली धर्मगुरु हेजेनको नेतृत्वमा लुम्बिनी शान्तिदीप लिन दक्षिण कोरियाबाट सोमबार नेपाल आएको ८० जना भिक्षुको समूह बुधबार लुम्बिनी आएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार