नयाँ वर्षा चिम्टेश्वर पदयात्रा

२०६९ चैत्र ३१ गते, शनिबार


काठमाडौं । राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले नयाँ वर्षा अवसरमा नुवाकोटमा दर्ुइदिने पदयात्रा कार्यक्रम सञ्चालन गर्ने भएको छ । शान्ति र एकताका लागि पदयात्रा अभियानु नाम दिइएको सो पदयात्रा नुवाकोट जिल्लाका बेलकोट, कुमरी, जिलिङ र दुइपिपल गरी चार गाविसमा केन्द्रित रहने र सो क्षेत्रको ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वको प्रचारप्रसार गर्न उद्देश्यले पदयात्रा गर्नलागिएको सङ्गठनका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । काठमाडौंबाट उत्तरपश्चिम ३४ किलोमिटर पासङल्हामु राजमार्ग र ११ किलोमिटर कच्ची सडकको यात्रापछि सो चार गाविसमा पदयात्रा कार्यक्रम गरिनेछ । पदयात्रामा प्रमुख राजनीतिक दलका नेता, पर्यटन व्यवसायी, उद्योगी व्यापारी गरी करिब ३०० जनाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार