दृष्टिविहीनका लागि श्रव्य पुस्तक

२०६९ चैत्र ३१ गते, शनिबार


काठमाडौँ । दृष्टिविहीनले पनि पहिलो पटक श्रव्य पुस्तकमार्फ् अध्ययन गर्ने अवसर प्राप्त गर्ने भएका छन् । नेपाल राष्ट्रिय अपाङ्ग मानवअधिकार संरक्षण मञ्चद्वारा आयोजित कार्यक्रममा उनीहरूलाई सो पुस्तक वितरण गरिएको हो । कक्षा १ देखि कक्षा १० सम्मको पाठ्यपुस्तकमा आधारित श्रव्यसङ्ग्रह रहेको उक्त पुस्तकको निर्माण महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र हेल्प नेपाल नेर्टवर्कको सहयोगमा मञ्चले तयार गरेको हो । हाल मञ्चले चार हजार ५०० पुस्तक प्रकाशनमा ल्याएको छ । पुस्तक वितरण गर्दै शिक्षा विभागका उपनिर्देशक दिव्या दवाडीले पुस्तकले दृष्टिविहीनको शिक्षाको स्तर वृद्धि गर्न सहयोग पुग्ने विश्वास गर्दै विभागले दृष्टिविहीनलाई लक्ष्य गरी कक्षा १ देखि १० सम्मको ब्रेललिपि छपाई वितरण गर्दै आएको जानकारी दिए । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सर्ुदर्शन सुवेदीले अपाङ्गको स्वास्थ्य तथा शिक्षामा सरकारको ध्यान जान नसकेको गुनासो गर्दै अपाङ्गलाई रोजगारीको अवसर दिलाउन सरकारसँग माग गर्दै मधेसी अपाङ्ग नेता नितेशकुमार गुप्ता, हेल्प नेपाल नेर्टवर्कका निर्देशक अरुणसिंह श्रेष्ठ, नेपाल राष्ट्रिय अपाङ्ग मानवअधिकार संरक्षण मञ्चका महासचिव रमेशबाबु तिवारीलगायतले दृष्टिविहीनले अडियो पुस्तकबाट जीवनमा ठूलो परिवर्तन् ल्याउन सक्ने बताए ।
मञ्चका अध्यक्ष बाबुकृष्ण महर्जनले दृष्टिविहीनको पीडा मञ्चले अनुभव गरेर नै अडियो पुस्तक ल्याएको जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु