सिरिया विद्रोहमा अलकायदाको संलग्नता

२०६९ चैत्र २९ गते, बिहीबार


इराकमा संघर्षरत विद्रोही संगठन अल कायदाले सिरिया विद्रोहमा आफ्नो एउटा गुट पनि संलग्न भएको बताएको छ । सिरिया विद्रोहमा अल कायदाको हात रहेको आशंका उब्जिरहेका बेला अलकायदाले आफ्नो संलग्नताको पुष्टि गरेको हो । सिरियामा संघर्षरत एक समूह जिहादी गुट अल नुस्रा फ्रन्टका नेता अबु मोहम्मद अल जलवानीले अल कायदाको सहयोग लिइरहेको स्वीकारेका छन् ।यद्यपी उनले आफ्नो पार्टीको आग्रहमै अल कायदाको सहयोग रहेको दाबी गरेका छन् । सिरियामा दुई वर्षदेखि जारी विद्रोहमा विभिन्न गुटले सरकारविरुद्ध आन्दोलन जारी राखेका छन् ।
धेरै जसो सरकारी संरचनामा आक्रमण गर्ने अल नुस्रा गुटले अल कायदाको संरक्षण पाइरहेको खुलासा भएको हो । सिरियामा संघर्षरत अन्य गुट पनि एकीकरण हुने क्रम जारी रहेको छ ।
सिरियाका विद्रोहीलाई अमेरिकालगायत पश्चिमा देशले सहयोग गरिरहेको अवस्थामा विद्रोहीको अल कायदासँग साँठगाँठ रहेको पुष्टि भएपछि सिरिया युद्ध रहस्यमय घडीमा पुगेको छ ।
सिरिया विद्रोहका क्रममा हालसम्म ७० हजार भन्दा बढी नागरिकको ज्यान गैसकेको छ भने १० लाख भन्दा बढी नागरिक विस्थापित भइसकेका छन् ।-एजेन्सी,

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु