पदयात्रा मार्गनिर्माण

२०६९ चैत्र २५ गते, आईतवार


काठमाडौँ । प्रसिद्ध अन्नपण् धौलागिरि इको पदयात्रा मार्गमा पर्ने पर्वतको बेनीबजारदेखि मल्लाज माझफाँट गाविस जोड्ने खण्डमा पदमार्ग निर्माण गर्न थालिएको छ । बेनीको कालीपुलदेखि मल्लाजमा डिलफाँट हुँदै माझफाँट जोड्ने एक किलोमिटर ३०० मिटर पदमार्ग बनाउन हाल बेल्जियम निवासी म्याग्दी ताकम गाविसका ज्ञानबहादुर विकको सक्रियतामा सो संस्थाले रु. ३० लाख उपलब्ध गराएको र बाँकी स्थानीय बासिन्दाबाट श्रमदान जुटाइने पदमार्ग निर्माण समितिका अध्यक्ष रामबहादुर विकले जानकारी दिए । पदमार्ग निर्माणमा गाउँ विकास समिति र दाताले उपलब्ध गराएको अनुदान अपुग भएपछि माझफाँटका बासिन्दाले पालो लगाएर श्रमदान गरिरहेको समितिका सचिव टेकबहादुर बरुवालले बताए । यसैबीच, पदमार्ग निर्माणमा सहयोग गर्न विदेशी दातालाई गाउँलेले भव्यरूपमा सम्मान गरेका छन् । उनीहरूले योजनाको अनुगमन गर्न गाउँ आएका नेपाल विकास एसोसिएसन बेल्जियमका उपप्रमुख स्टेपिन डी जोङखरीलाई नौमती बाजागाजा र फूलमालाले भव्य स्वागत गरेका हुन् । पदमार्गबाट पर्वतको माझफाँट, लेकफाँट, बाँर्सखर्क म्याग्दीको राम्चेलगायतका गाविसका बासिन्दा लाभान्वित हुने जनाइएको छ । पदमार्ग निर्माण भएपछि ऐतिहासिक मल्लाज दरबार, शिवालय गुफालगायत धार्मिकस्थल र सुन्तलागाउँ तथा बाँर्सखर्कको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । रु. ४६ लाख लगानी हुने पदमार्गको एक तिहाइ काम स्थानीय जनश्रमबाट गरिने उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार