उत्तर कोरियामाथि साइबर आक्रमण

२०६९ चैत्र २२ गते, बिहीबार


काठमाण्डौं, एनोनिमस नामक ह्याकरको समूहले उत्तर कोरियाको आधिकारिक ट्वीटर र फ्लिकर अकाउन्ट ह्याक गरेका छन् । ह्याकरहरुले उत्तर कोरियाको इन्टरनेट उपस्थितिमा अवरोध पुर्याकउन त्यहाँको सरकारद्वारा सञ्चालित ट्वीटरर फ्लिकर अकाउन्टसहित दुईवटा वेबसाइट समेत ह्याक गरेका छन् ।ह्याकरको समूहले ‘अपरेशन फ्रि कोरिया’ सञ्चालन गरेको जनाएको छ । उसले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई यथासिघ्र राजीनामा दिन र एसियाली मुलुकमा प्रजातन्त्र स्थापना गर्न जोड दिएको छ ।
उसले आणविक कार्यक्रम स्थगित गर्न पनि माग गरेको छ । आफ्ना माग वेवास्था गरिए उत्तर कोरियामाथि साइबर आक्रमण गर्ने ह्याकरहरुले चेतावनी दिएको समाचारमा जनाइएको छ ।ह्याकरहरुको समूहले उत्तर कोरियाको केन्द्रीय समाचार संस्थाको वेबसाइट ह्याक गरि झण्डै १५ हजार पासवर्ड प्राप्त गरेको दावी गरेको छ । यो वेबसाइट उत्तर कोरियाको आणविक हतियार कार्यक्रमका समाचारका लागि मुख्य रुपमा प्रयोग भएको समाचारमा जनाइएको छ । अहिले भने यो वेबसाइट अफलाइन छ ।
दक्षिण कोरिया र अमेरिकाको सैन्य अखडामा आणविक हमला गर्ने उत्तर कोरियाले चेतावनी दिइरहेका बेला ह्याकरले उत्तर कोरियाको इन्टरनेटमा आक्रमण गरेका हुन् । ह्याकरहरुले आफुहरु अमेरिकाको समर्थक नभएको र आफुहरु स्वतन्त्रता सेनानी भएको दावी गरेका छन् ।सन् २०११ मा पनि ह्याकरहरुले उत्तर कोरियाको ट्वीटर अकाउन्ट ह्याक गरेका थिए ।– एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु