पाकिस्तानमा मे १६ मा आम चुनाव हुने

२०६९ चैत्र ८ गते, बिहीबार


काठमाण्डौं । पाकिस्तानमा १६ मे मा आम चुनाव हुने भएको छ । गत मार्च १६ का दिन पाकिस्तान पीपुल्स पार्टीको नेतृत्वको सरकारले पांच बर्षको आफ्नो कार्यकाल पुरा गरेको थियो । यहांको संसदीय इतिहासमा यो पहिलो पटक हुनेछ, जब चुनावका माध्यमले सत्ताको हस्तान्तरण एक निर्वाचित सरकारबाट अर्को निर्वाचित सरकारलाइ दिनेछ ।प्रधानमन्त्री राजा परवेज अशरफका तर्फबाट चुनावको मिति तय गर्ने औपचारिक प्रस्ताव प्राप्त भएपछि राष्ट्रपति आसिफ अली जरदारीले यस को घोषणा गर्दै आगामी १६ मे का दिन संसदीय चुनावका लागी मतदान हुने बताएका छन ।राष्ट्रपतिका प्रवक्ता फरहतुल्ला बाबर ले बताए अनुसार प्रधानमन्त्रीको तर्फबाट प्रस्ताव प्राप्त भएको केही समय पछिनै राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका थिए । अधिकारीहरूका अनुसार निर्वाचन आयोगले आगामी २ दिन भित्र औपचारिक रूपमा यस चुनाव कार्यक्रमको घोषणा गर्नेछ ।पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसम्बली १६ मार्चका दिन पांच बर्षको कार्यकाल पूरा भएपछि भंग गरिएको थियो । नियम अनुसार एसम्बली भंग भएको ६० दिन भित्र चुनाव गर्नुपर्ने अनिवार्य रहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु