बानाको निर्वाचन मार्च २४ मा

२०६९ चैत्र ६ गते, मंगलवार


मेरिल्यान्ड । बाल्टिमोर एसोसिएसन अफ नेपलिज (बाना)को मार्च २४ मा साधारण सभा तथा नयाँ कार्यसमितिका निम्ति निर्वाचन हुने भएको छ । अमेरिकाको बाल्टिमोरमा छरिएर रहेका नेपालीहरुको सामाजिक संस्था बानाको निर्वाचनमा अध्यक्षका प्रत्यासी छन् – गौतम दाहाल, सतिश चापागाइँ र विजय श्रेष्ठ । अन्य उमेद्वारहरुमा केमिका भण्डारी, हिक्मत श्रेष्ठ, केशव आचार्य, मोहन पन्त, यम अधिकारी, रामकृष्ण भट्टराई लगायत २५ उमेद्वारहरुले उमेद्वारी दर्ता गरेका छन् । निर्वाचनको समय नजिकिँदै जानेक्रममा गौतम दाहाल र सतिश चापागाइँले कपोकल्पित विज्ञप्ती प्रकाशित गरी अर्का अध्यक्षका प्रत्यासी विजय श्रेष्ठ र हालको कार्यसमिति पदाधिकारीहरुमाथि विभिन्न आरोप प्रत्यारोप लगाएका छन् ।
सदस्यता दर्ताको अन्तिम दिन यी तिनै जना पक्षधर बिच घस्सा घस्सी नै भएको थियो । श्रोतका अनुसार छलफलका क्रममा गौतम दाहालले भने – “विजय दाई एक कार्यकाल अध्यक्ष भै सक्नु भयो, अब मेरो पालो । तपाइँले छाडिदिनु पर्यो ।” विजय श्रेष्ठले ठाडै अस्विकार गरेर निर्वाचनमा जाने बताए । पुनः गौतमले थपे – “त्यसो भए दुवैले छोडाँ, सतिशलाई अध्यक्ष बनाऊँ ।” विजय पक्षधरले मानेनन् । समय लम्बिदै गयो । “सदस्यता फाराम दर्ता गर्ने समय सकिदै छ इन्ट्रि गरौ ।” –ओम तुलाचनले सबैलाई भने । त्यस लगतै बेलुकी ११:५० बजे मोहन पन्तले सदस्य फारामहरु दर्ता गरे ।
त्यसक्रममा तीन पक्ष बिच विवाद चुलिदै गयो । सबैका सामु त्यसै समयमा दर्ता भएका सदस्यता फारामहरु माथि गौतम र सतिशले विज्ञप्ति प्रकाशित गरी भनेका छन् – “बदनियतपुर्ण ढङ्गबाट थप गरी सार्वजनिक गरिएका सदस्यहरुको नामप्रति हाम्रो घोर आपत्ति र असन्तुष्ठी रहेको स्पष्ट पार्दछौँ ।” । बानाको हालका महासचिव प्रभु राम थापाद्धारा प्रेषित बक्तव्यमा भनिएको छ – “उमेद्वारहरु छलफलमा व्यस्त भएपछि राति १: ४५ बजे अक्ष्यक्षका उमेद्वार सतिश चापागाइँ र गौतम दाहालले हामी सदस्यता बुझाउँदैनौ भनी कार्यालय रहेको घरबाट बाहिरिनु भयो । यसै गरी बानाको विधान सम्वत तरिकाले निर्वाचनमा कार्यक्रमहरु अगाडि बढिरहेका सम्बन्धमा विभिन्न खालका भ्रमित कुराहरु प्रचारमा ल्याउने र समाजलाई बदनाम गराउने कार्यको बाना कार्यसमिति २०११/२०१३ घोर आपत्ति तथा भत्र्सना गर्दछ ।”
बानाको २०१३/२०१५ का निम्ति १५ सदस्यिय नयाँ कार्य समितिका निम्ति निर्वाचन प्रक्रिया नरोकिने बताउँछन्, निर्वाचन आयुक्त आनन्द कृष्ण घिमिरेले । करिब ४०० जना साधारण तथा आजिवन सदस्यहरु रहेको यस संस्थामा एक–आपसमा आरोप प्रत्यारोप चलिरहनु राम्रो होइन । विभिन्न राजनैतिक आस्था र व्यक्तिगत स्वार्थमा रहेर, प्रचारबाजी गर्दे हिँड्नु भन्दा संस्थाको विधान बमोजिम न्याय संगत तवरले अगाडि बढ्नुमा सबैको भलाई हुन्छ । मार्च २४ का दिन निर्वाचित भई नयाँ कार्य समितिमा जो जो आए पनि नेपाल र नेपालीको हितका निम्ति सक्रिय भई कार्य गर्न नसक्ने कुरा बताउँछन्, अधिकांश सदस्यहरुले ।
– अशोक शर्मा

प्रतिक्रियाहरु