विश्वभर गर्भनिरोधक साधनको अभाव

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौँ । विश्वमा नै प्रजनन उमेरका महिलाका लागि गर्भनिरोधक साधनको अभाव बढ्दै गएको हालै गरिएको एक र्सर्वेक्षणले देखाएको छ । राजधानी पेरिसमा मंगलबार र्सार्वजनिक सो र्सर्वेक्षणले आगामी सन् २०१५ सम्ममा विश्वका विभिन्न विकासशील एवं सब सहारान अप्रिmकी देशका महिलामा यो अभाव हुने देखाएको छ । सो र्सर्वेक्षणले सन् २०१५ सम्ममा विश्वका २३ करोडभन्दा बढी प्रजनन उमेरका महिलामा गर्भनिरोधक सामानको अभाव हुने भएको देखाएको छ । प्रजनन उमेर भर्नाले १५ देखि ४९ वर्षम्मको उमेरका महिलालाई जनाउँछ । यो उमेरका महिलामा बच्चा जन्माउन सक्ने क्षमता बढी मात्रामा हुने भएकोले विश्वकै महिलाको सो उमेरलाई प्रजनन् उमेर भनिएको हो । यो अभाव बढ्दै गएको पाइएको छ । सन् २०१० मा यो उमेर समूहका करिब २२ करोड मात्र महिलामा यस्ता साधनको अभाव रहेकोमा सो संख्या यो वर्षर आगामी सन् २०१५ सम्मको अवस्थामा हर्ेदा बढ्ने पाइएको हो । विश्वका विकासशील देशका करिब ८० प्रतिशत नै महिलामा यी साधनको अप्राप्य चाहना रहेको छ । अथवा यी देशका प्रजनन उमेरका त्यति धेरै महिलाले गर्भनिरोध साधनको प्रयोग गर्न चाहेर पनि पाएका छैनन् । विशेषगरी सब सहारान अप्रिmकी देशहरुमा यो अवस्था बढी मात्रामा रहेको छ । पछिल्लो र्सर्वेक्षणले विश्वमा गर्भनिरोधक सामानहरुको चाहना भए पनि प्रयोगको पहुँच नपाएका महिलाको संख्या बढ्दै गएको देखाएको छ । साथै विश्वका विभिन्न देशमा गरिएको सो र्सर्वेक्षणले प्रतिवर्षगर्भनिरोधका आधुनिक साधनको प्रयोगमा महिलाको संख्या भने बढ्दै गएको पाइएको छ । यो अवस्थाले जन्मदर नियन्त्रणका लागि विश्वमा अघि सारिएका पहलहरु पनि पर्याप्त छैनन् र यसबाट महिलाको पहुँच प्रतिदिन टाढा बन्दैछ भन्ने देखाएको विश्लेषकहरुको भनाइ छ । सन् २०१० मा मात्र पनि विश्वका प्रजनन् उमेरका १२.३ प्रतिशत महिलाले यस्ता साधनको प्रयोगमा पहुँच पाउन सकेनन् । यो संख्या सन् १९९० मा भने १५.४ प्रतिशत थियो । यो अवस्था हर्ेदा विगतका दशकहरुको तुलनामा हालैका वर्षरुमा महिलामा गर्भनिरोधक साधनहरुको प्रयोगको पहुँच केही मात्रामा बढ्दै गएको भने देखिन्छ । तर पनि साधन प्रयोग गर्ने महिलाको संख्या बढ्दै जाँदा अप्राप्य चाहना -अनमिट निड) पनि बढ्दै गएको छ । यो पछिल्लो र्सर्वेक्षणले पनि सन् २०१० को तुलनामा अबको अवस्था झनै नाजुक हुने देखिन्छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक सहयोगमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरले हालै सो र्सर्वेक्षण गरेको हो । सन् २०१५ सम्म पूरा हुनुपर्ने सहस्राब्दी विकास लक्ष -एमडिजी) का अनुसार सो वर्षम्ममा विश्वका सबै महिलामा यस्ता साधनहरुको प्रयोग र्सवसुलभ गराउनु पर्ने भनिएको छ । तर, यस अवस्थामा भने सो विकास लक्ष्य हासिल हुन सक्ने अवस्था देखिँदैन । जनसंख्याविद्हरुका अनुसार महिलामा यस्ता साधनहरुको र्सवसुलभताका कारण बाल स्वास्थ्य, शिक्षा एवं अन्य मानव विकासमा पनि सहयोग पुग्दछ । साथै विस्फोटक रुपमा बढ्दै गएको जनसंख्याको नियन्त्रणका लागि पनि प्रजनन् उमेरका महिलामा गर्भनिरोधक साधनको उपलब्धता र र्सवसुलभता आवश्यक छ । साथै गर्भनिरोधक साधन कण्डमले एचआईभी एड्सलगायतका विविध यौन रोगको नियन्त्रणमा पनि सघाउने हुनाले जनस्वास्थ्यका लागि पनि यी साधनको उपलब्धता आवश्यक नै छ । यस तथ्याङ्कबाहेक पनि यदि विश्वका थप १२ करोड महिलाले आगामी सन् २०२० सम्ममा यस्ता साधनको प्रयोगमा पहुँच पाए भने कम्तीमा पनि तीस लाख शिशुहरु असुरक्षित गर्भका कारण हुनसक्ने स्वास्थ्य जोखिमबाट बच्न सक्नेछन्- सो र्सर्वेक्षणमा भनिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु