सञ्जिवनी बुटी पत्ता लगाएको बैज्ञानिकको दावी

२०७१ भाद्र १२ गते, बिहीबार

सञ्जिवनी बुटी पत्ता लगाएको बैज्ञानिकको दावी
काठमाडौँ । भारतीय बैज्ञानिकहरुले भगवान रामले लंकामा राबणसँग युद्ध गर्ने क्रममा लक्ष्मणलाई उपचार गर्नका लागि प्रयोग गरेको सञ्जिवनी बुटी पत्ता लगाएको दावी गरेका छन् । हिमालय क्षेत्रमा उक्त अनौठो विरुवा फेला परेको उनीहरुको भनाइ छ ।
बैज्ञानिकहरुले यो विरुवाले शरीरमा रोगसँग लड्न सक्ने क्षमता विकाश गर्ने र पर्वतीय वातावरणमा घुलमिल हुनका लागि सघाउ पुराउने एवं रेडियो विकिरणबाट समेत बचाउन सक्ने बताएका छन् ।
यो विरुवा रामायणमा उल्लेख गरिएको सञ्जिवनी बुटीकै प्रतिरुप रहेको समेत उनीहरुको भनाइ छ ।
उच्च हिमाली क्षेत्रमा पाइने यो विरुवालाई भारतको लद्दाखमा सोलो नामले परिचित छ । अहिले पनि मानिसहरु यसलाई रोडिओलाको उपचारमा उपयोग गर्दै आएका छन् । यसको पात सागकोरुपमा समेत सेवन गरिन्छ ।
भारतको डिफेन्स इन्स्टिट्यूट अफ हाई अल्टिट्यूड (DIHAR) ले यो विरुवाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । कठिन युद्धमा सहभागी भैरहेका सैनिकको उपचारमा यो विरुवा अति उपयोगी रहेको DIHAR का निर्देशक आर. बी. श्रीवास्तवले बताएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार