टिपरले ज्यान लियो

२०७५ असार ३० गते, शनिबार

काठमाडौं, ३० असार । काठमाडौंको सोल्टीमोडमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवारको ज्यान गएको हो । टिपर दुर्घटना हुने क्रम बढ्दै गएपछि सरकारले दिउसो टिपर चलाउन रोक लगाएको थियो । ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा अनुजा घिमिरेको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार मोटरसाइकल चालक अनुज घिमिरे सामान्य घााइते भएका छन् । मोटरसाइकल पछाडि बसेका अनुजाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रियाहरु