कोरोनाबाट १२१ नेपालीको मृत्यु !

२०७७ जेष्ठ १८ गते, आईतवार

काठमाडाैँ, १८ जेठ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार कोरोनावाट नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको छ । एनआरएनएका अनुसार यो साता थप ७ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार बहराइनमा दुई तथा युएई, बेलायत, अमेरिका, कुवेत र साउदी अरेबियामा एक–एक जना नेपालीको मृत्यु भएको हो । सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । युएईमा १९, अमेरिकामा १७, साउदी अरबमा ८ तथा बहराइनमा तीन नेपालीले ज्यान गुमाएका छन् ।
त्यस्तै कुवेतमा २, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनमा एक–एक जनाको मृत्यु भएको छ । १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको छ । ३४ देशका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु