उत्तर भारतमा ठूलाे अाँधी अाउने सम्भावना

२०७५ जेष्ठ ३ गते, बिहीबार

काठमाडौं, ३ जेठ । भारतीय मौसम विभागले दिल्ली तथा उत्तर प्रदेश क्षेत्रमा तीब्र गतिमा आँधी आउने र भारी वर्षा समेत हुने जनाएकाे छ । भारतकाे राजधानी दिल्लीसहित उत्तरी क्षेत्रमा मंगलबार राति धुले आँधी आएको थियो । अाँधीका कारण त्यहाँ ठूलाे मात्रामा धनजनकाे क्षति भएकाे थियाे ।
मौसम विभागले अाज वा ७२ घण्टाभित्र दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा फेरि ठूलाे आँधी आउने तथा भारी वर्षात हुने सम्भावना रहेको बताएको छ । अाँधीकाे प्रतक्ष असर नेपालसम्म अाइनपुगे पनि पराेक्ष रूपमा भने यहाँकाे हावापानी र वायुमण्डलमा असर पुग्ने छ । जसका कारण हुरी बतास चल्ने र पानी पर्ने हुन सक्छ ।
मौसम विभागले जारी गरेको चेतावनीसहितको मौसम बुलेटिमा जम्मु कश्मीर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, पञ्जाव, हरियाणा, चण्डीगढ, दिल्ली र उत्तर प्रदेशका विभिन्न क्षेत्रमा ५० देखि ७० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने तथा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ । नेपालमा पनि केही दिनसम्म माैसम खराब रहने विभागले जनाएकाे छ । अहिले बदली हुने स्थानीय प्रणाली पश्चिमी वायुको प्रभावका कारण पूर्वतिर लागेको छ । यसले गर्दा बिहीबार दिनभर मध्य तथा पूर्वी नेपालको मौसम बदली भर्इ पानी पर्ने सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार