अफ्रिका–भारत सम्मेलन अक्टोबरमा हुने

२०७२ भाद्र ४ गते, शुक्रबार

काठमाडौं, ४ भदौ । अफ्रिका-भारत सम्मेलन आगामी अक्टोबर महिनामा भारतको राजधानी नयाँ दिल्लीमा हुने जानकारी अफ्रिकन युनियनले दिएको छ ।
इथियोपियाको भ्रमणका क्रममा भारतीय विदेश मामिलासम्बन्धी उपमन्त्री नभतेज सर्नाले अफ्रिकी युनियनका अध्यक्ष एनकोसाजाना डिलामिनी जुमालाई सो सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको आमन्त्रण हस्तान्तरण गरेका हुन् ।
सम्मेलनमा अफ्रिका र भारतका बारेका विविध विषयमा छलफल र परामर्श हुने तथा आपसी सहयोगका विविध क्षेत्रमा कुराकानी हुने जानकारी दिइएको छ ।भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि अफ्रिका र भारतका बीचमा हुन लागेको यो नै पहिलो सम्मेलन हो । यस सम्मेलनमा व्यापार, शिक्षा, सीप विकास, महिला तथा युवाको सशक्तीकरण र विकास लगायतका क्षेत्रमा आपसी सहयोग र साझेदारीमा छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु