बिश्व

ट्रम्पद्धारा आफ्ना पार्टीका नेताको कडा आलोचना

काठमाडौ, २६ असोज । अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना पार्टीका नेताको कडा आलोचना गरेका छन् । ट्रम्पले आफ्नो विरोध गरिरहेका रिपब्लिकन पार्टीका नेतालाई विश्वासघाती रहेको आरोप लगाएका छन् । ट्रम्पको महिलामाथिको अश्लिल टिप्पणी सार्वजनिक भएपछि रिपब्लिकन पार्टीका धेरै उच्च नेताले ट्रम्पको विरोध गरेका छन् । ट्रम्पले आफ्नो विरोध गर्ने आफ्नै […]

२०७३ आश्विन २६ गते, बुधबार

क्लिन्टन र ट्रम्पको योजना र प्राथमिकताहरु सार्वजनिक

काठमाडौं, २४ असोज । अमेरिकी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा गरिने सार्वजनिक टेलिभिजन बहसको दोस्रो चरणमा दुई उम्मेदवार हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना योजना र प्राथमिकताहरु सार्वजनिक गरेका छन् । यसक्रममा रिपब्लिकन उम्मेदवार ट्रम्पले महिलाकाबारेमा गरेको अश्लील टिप्पणीप्रति सार्वजनिकरुपमा माफी माग्दै महिलाप्रति आफनो सधैं सम्मान रहेको बताए । बरु ट्रम्पले यस मामलामा पूर्वराष्ट्रपति एवं हिलरी क्लिन्टनका […]

२०७३ आश्विन २४ गते, सोमबार

रुसले साइबर आक्रमण गरयो : अमेरिका

काठमाडौं, २२ असोज । अमेरिकाले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावलाई प्रभावित पार्न रुसले राजनीतिक संगठनविरुद्ध साइबर आक्रमण गरेको आरोप लगाएको छ । अमेरिकी आन्तरिक सुरक्षा विभागले हालै ‘ह्याक’ गरिएको एक इमेल रुसद्वारा निर्देशित तरिकासँग मेल खाएको जनाएको छ । यस्तै, रुसले अमेरिकी राज्यहरुमा चुनावसम्बन्धी प्रणालीमा ‘स्क्यानिङ’ र छानबिन गर्न कोसिस गरेको पनि उल्लेख गरिएको छ […]

२०७३ आश्विन २२ गते, शनिबार

‘मैथ्यु’ आँधीवाट लाखौं प्रभावित

काठमाडौ, २१ असोज । अमेरिकी राज्य फ्लोरिडामा शक्तिशाली आँधी ‘मैथ्यु’का कारण लाखौं मानिस प्रभावित बनेका छन् । हैटी र क्युवापछि मैथ्यु आँधी फ्लोरिडा पुगेको हो । आँधीका कारण फ्लोरिडामा आपतकाल घोषणा गरिएको छ । २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी बर्षा र आँधीले त्यहाँका हजारौं घरमा क्षति पुग्नुका साथै बिजुली आपूर्ति बन्द […]

२०७३ आश्विन २१ गते, शुक्रबार

एन्टोनियो संयुक्त राष्ट्र संघको महासचिव बन्ने निश्चित

काठमाडौं, २० असोज । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने लगभग निश्चित भएको छ । १० वर्षसम्म राष्ट्र संघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय गुटेरेसले आगामी वर्षको सुरुमा राष्ट्र संघका वर्तमान महासचिव बान कि मुनको ठाउँ लिनेछन् । राष्ट्र संघको नयाँ महासचिवका लागि बुधबार सुरक्षा परिषद्का १५ सदस्यले १० उम्मेदवारका […]

२०७३ आश्विन २० गते, बिहीबार

पाकिस्तानी वायुसेना युद्धाभ्यासमा

काठमाडौँ, १९ असोज । भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानले आफ्नो सैन्य शक्तिलाई सतर्क अवस्थामा राख्न थालेको छ । यस क्रममा पाकिस्तानी वायुसेनाले युद्धाभ्यास गर्ने भएको छ । पाकिस्तानी वायुसेनाको युद्धाभ्यासलाई ध्यानमा राख्दै पाकिस्तानले लाहोर र कराँचीको हवाईमार्ग ८ अक्टोबरदेखि बन्द गर्ने भएको छ । व्यावसायिक उडानका लागि लाहोर र कराँचीको हवाईमार्ग १३ दिनका लागि बन्द गरिने […]

२०७३ आश्विन १९ गते, बुधबार

आइएसका प्रमुख बग्दादीको खानामा विष !

काठमाडौं, १८ असोज । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) का प्रमुख कमाण्डर अबु अबर अल बग्दादी गम्भीर अस्वस्थ भएका छन् । विष मिसाइएको खाना खाँदा उनको अवस्था गम्भीर भएको इराकी अधिकारीहरुले जनाएका छन् । इराकको बेआजमा खाना खाएलगत्तै बग्दादीको स्वास्थ्य अवस्था खराब भएको इराकी समाचार एजेन्सीले जनाएको छ । उनीसँगै खाना खाएका आइएसका अन्य […]

२०७३ आश्विन १८ गते, मंगलवार

कलाकार किम होटलमै लुटिइन्

काठमाडौं, १७ असोज । अमेरिकाकी चर्चित कलाकार एवं रियलिटी टीभी स्टार किम कार्दशियन वेस्ट पेरिसमा लुटिएकी छन् । उनलाई पेरिसस्थित होटलको कोठामै दुई जनाले बन्दुक देखाएर बन्धक बनाइ लुटेका हुन् । न्युयोर्कमा मिडोज फेस्टिबलमा भाग लिइरहेका उनका श्रीमान रैपर कान्ये वेस्टले जब यो खबर पाए तब उनी मञ्चबाटै कार्यक्रम छाडेर हिडेका थिए । किम कार्दशियनका […]

२०७३ आश्विन १७ गते, सोमबार

भारत–पाकिस्तान सीमामा तनाव

काठमाडौं, १७ असोज । भारत प्रशासित जम्मु–काश्मीरको बारामुला जिल्लास्थित ४६ राष्ट्रिय राइफल्सको सैन्य क्याम्पमा चरपन्थी आक्रमण भएको छ। भारतीय सेनाको उत्तरी कमानले ट्वीट गर्दै बारामुलामा आक्रमण भएको र स्थिति नियन्त्रणमा रहेको जनाएको छ। स्रोतलाई उधृत गर्दै बीबीसीले जनाएअनुसार कारबाहीमा दुई जना आक्रमणकारी मारिएका छन् । आक्रमणका क्रममा एक जना अर्धसैनिक बलका जवानसमे मारिएको र दुई […]

२०७३ आश्विन १७ गते, सोमबार

ज्वालामुखी बिस्फोटवाट सयौं मानिस विस्थापित

काठमाडौं, १६ असोज । मेक्सिकोमा कोलिमा ज्वालामुखी बिस्फोट हुँदा थुप्रैं मानिस विस्थापित बनेका छन् । ज्वालामुखी बिस्फोट भएपछि त्यस वरपरका सयौं मानिस सुरक्षित स्थानमा गएका हुन् । राजधानी मेक्सिको सिटीबाट ६ सय ९० किलोमिटर उत्तरपश्चिममा रहेको कोलिमा ज्वालामुखीबाट लाभा र कालो धुवाँ निस्किरहेको छ । ज्वालामुखीबाट निस्कएको लाभा त्यहाँबाट तल बगेको देखिन्छ । ज्वालामुखी पर्वतनजिक […]

२०७३ आश्विन १६ गते, आईतवार