बिश्व

ओबामाद्वारा ट्रम्पलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन चेतावनी

काठमाडौं, ३ कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा धाँधली हुने अभिब्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रपति ओबामाले अब आइन्दा गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएका हुन् । चुनावको सामनामा गर्ने क्षमता नभएका कारण धाँधली हुने अभिब्यक्ति दिएको […]

२०७३ कार्तिक ३ गते, बुधबार

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

काठमाडौं, ३ कात्तिक । साउदी अरबका राजकुमारलाई हत्या अभियोगमा मृत्युदण्ड दिइएको छ । तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको हो । राजकुमार टुर्की बिन अल कबीरलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृृत्युदण्ड दिइएको बताइएको छ । योसँगै साउदी अरबमा यो वर्ष मृत्युदण्ड पाउनेको संख्या १३४ पुगेको छ […]

२०७३ कार्तिक ३ गते, बुधबार

हिटलरको जन्मघर भत्काउने तयारी

काठमाडौ, २ कात्तिक । अष्ट्रिया सरकारले जर्मनीका तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ । जर्मनी र अष्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो । नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो । यद्यपी सन् १९४४ मा नाजी शासनको अन्त्यपछि […]

२०७३ कार्तिक २ गते, मंगलवार

अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

काठमाडौँ, २ कात्तिक । भारतको उडिसास्थित एक निजी अस्पतालमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ । उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढी बिरामी जलेका छन् । डायलासिस विभागबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागी शुरु भएलगत्तै बिरामीहरुमा भागदौड मच्चिएको थियो । आगो आइसीयु विभागमा […]

२०७३ कार्तिक २ गते, मंगलवार

मोसुल सहरलाई आईएस मुक्त बनाउन सैन्य अभियान

काठमाडौँ, १ कात्तिक । इराकको मोसुल शहरलाई ईस्लामिक स्टेट (आईएस) विद्रोहीको पडकबाट मुक्त गराउन सेनाले कारवाही थालेको छ । सामरिक हिसाबले निकै महत्वपुर्ण मोसुल शहर आईएसको गढ मानिन्छ । इराकी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहर विद्रोहीको पकडबाट मुक्त गराउन सेनाले कारवाही सुरु गरेको जानकारी दिएका हुन् । कुर्दीश लडाकु, इराकी सेना र सरकार निकट […]

२०७३ कार्तिक १ गते, सोमबार

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल : अमेरिकी सेना

काठमाडौं, ३० असोज । उत्तर कोरियाले गरेको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरियाले शनिबार गरेको मध्यमस्तरको ब्यालेस्टिक मिसाइलको परीक्षण असफल भएको दाबी अमेरिकी सेनाले गरे पनि प्योङयाङले भने अमेरिकी सेनाको यो दाबीप्रति कुनै टिप्पणी गरेको छैन । उत्तर कोरियाले चार हजार किलोमिटर परसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण […]

२०७३ आश्विन ३० गते, आईतवार

ट्रम्पलाई यौन दुर्व्यवहारको आरोप , चुनावी अभियानमा नराम्रो धक्का

काठमाडौं, २९ असोज । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प संकटमा परेका छन् । कथित रुपमा उनले यौन दुर्व्यवहार गरेका महिलाहरु एकपछि अर्को गर्दै घटना विवरणसहित सार्वजनिक हुन थालेपछि ट्रम्पको चुनावी अभियानमा नराम्रो धक्का लागेको छ । पछिल्लो पटक दुई महिलाले उनीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका छन् । अमेरिकी अखबार वासिंटन पोस्टका […]

२०७३ आश्विन २९ गते, शनिबार

चीनद्वारा बंगलादेशलाई २० अर्ब डलर ऋण सहयोग

काठमाडौँ, २९ असोज । छिमेकी मुलुकमा आर्थिक सहयोगका माध्यमबाट आफ्नो प्रभाव बढाउँदै आएको भारतलाई चीनले ओझेलमा पारेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको बंगलादेश भ्रमणका क्रममा चीनले बंगलादेशलाई २० अर्ब डलर बराबरको ऋण सहयोग गर्ने सम्झौता भएको छ । यसअघि भारतले गत मार्चमा बंगलादेशलाई २ अर्ब डलरको ऋण सहयोग उपलब्ध गराएको थियो । बंगलादेशसँग २७ […]

२०७३ आश्विन २९ गते, शनिबार

कोलम्बियामा युद्धविराम अवधि लम्बिने

काठमाडौं, २८ असोज । राष्ट्रपति जुवाँ म्यानुएल सान्तोसले कोलम्बियाको सबभन्दा ठूलो सशस्त्र विद्रोही दल रिभेल्युसनरि आम्र्ड फोर्सेस ९फार्क० सँग भएको युद्धविराम सम्झौताको अवधि लम्ब्याउने घोषणा गर्नु भएको छ । राष्ट्रपति सान्तोसले पुरानो शान्ति सम्झौताको अवधि दुई महिना थप गरी ३१ डिसेम्बरसम्म पु¥याएको स्थानीय एक टेलिभिजन प्रसारणमार्फत् घोषणा गर्नु भएको हो । गत महिना विद्रोही दलसँग […]

२०७३ आश्विन २८ गते, शुक्रबार

गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त

काठमाडौ, २८ असोज । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ । वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्नु हुनेछ । बिहीबार महासभामा सम्मिलित १९३ राष्ट्रले गुटेर्रेसलाई महासचिवमा समर्थन गर्दै नियुक्त गर्ने प्रस्ताव […]

२०७३ आश्विन २८ गते, शुक्रबार