समाज

चण्डी ढकाल विरुद्ध अख्तियारमा उजुरी

काठमाण्डौ, ६ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिको विधान संसोधन समितिका संयोजक चण्डी ढकालले शक्तिकेन्द्रका आडमा सरकारी बैंकको साढे २ अर्ब बढी रकम कुम्ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकमा ०५३ सालमै उनले झापामा संचालन गरेको मोमेण्टो एपरेल्स प्रालि(गार्मेन्ट उद्योग)को नाममा लिएका […]

२०७३ भाद्र ६ गते, सोमबार

चोरी गरेको मुर्तिसहित तीनजना पक्राउ

काठमाडौं, ६ भदौ । ऐतिहासिक तथा पुरातात्विक महत्वका मूर्ति चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका मानबहादुर मगर, काभ्रपलाञ्चोकका गणेश बहादुर श्रेष्ठ र दोलखाका मिनबहादुर खत्री रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मलेन गरी अभियुक्तहरुबाट बरामद मूर्तिहरु तथा सुन–चाँदी रत्न सार्वजनिक गरेको हो । जसमध्ये देवदतमहाविहारको […]

२०७३ भाद्र ६ गते, सोमबार

युवती बन्धक बनाउने प्रहरीको फन्दामा

काठमाडौं, ५ भदौ । नवलपरासी कावासोती नगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने १९ वर्षीया रोशनी पौडेललाई बन्धक बनाई राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चाबहिल बस्ने २६ वर्षीय आशिष ओझा, ललितपुर हरिसिद्धि बस्ने २० वर्षीया शर्मिला रावत र कोटेश्वर महादेवस्थान बस्ने २६ वर्षीय ऋषि रञ्जन रहेका छन् । उनीहरुले […]

२०७३ भाद्र ५ गते, आईतवार

चार युवतीको उद्धार

काठमाडौ, ५ भदौ । माइती नेपाल, कञ्चनपुरले वैदेशिक रोजगारीको प्रलोभनमा परी भारततर्फ जान लागेका चारजना युवतीलाई आज पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरेको छ । माइती नेपाल, कञ्चनपुरले पोखराबाट दिल्लीका लागि छुटेको बस र काठमाडौँबाट दिल्लीका लागि छुटेको बसमार्फत भारततर्फ जान लागेका चारजना युवतीको उद्धार गरेको हो । पोखराबाट दिल्लीका लागि छुटेको बसबाट कुबेतमा रोजगारीका […]

२०७३ भाद्र ५ गते, आईतवार

कपुत जन्मेपछि …

काठमाडौं, ४ भदौं । जाजरकोट, लैखमका बुद्धिबहादुर खत्रीले ६५ वर्षिया आफ्नै आमा देउमति खत्रीलाई हत्या गरी खाडलमा पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । बुद्धिले साउन २२ गते देखि आफ्नो आमा हराएको बताउदै प्रहरीलाई हुलिया सहित निवेदन समेत दिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले बुद्धीको व्यवहार शंकास्पद देखेपछि निगरानीमा राखेको थियो । सासुको नाममा […]

२०७३ भाद्र ४ गते, शनिबार

घाइते अवस्थामा गैंडा फेला पर्यो

काठमाडौ, ४ भदौ । रौतहटको शिदेशवर वन क्षेत्रभित्र एउटा गैंडा गोली लागेर घाइते अवस्थामा फेला परेको छ । पूर्वपश्चिम राजमार्गबाट ४ किलोमिटर नजिक जंगलमा गोली लागेर घाइते भएको अवस्थामा गैंडा फेला परेको हो । घाइते गैंडाको उद्दारका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । तस्करहरुले गैंडामाथि गोली प्रहार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

२०७३ भाद्र ४ गते, शनिबार

भारतीयले अवैध रुपमा धर्मपुत्रपुत्री बनाएको रहस्य

काठमाडौं, ४ भदौ । अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो । चनियाले बालबालिकाका बुबा दानबहादुरले नै धर्मपुत्रपुत्री बनाउन दिएको जिकिर गरेको इलाका प्रहरी कार्यालयका […]

२०७३ भाद्र ४ गते, शनिबार

कर्णालीमा चरम खाद्य संकट

काठमाडौ, ४ भदौ । सरकारी कामकाजमा कतिसम्म ढिलासुस्ती हुँदैआएको छ, त्यसको गतिलो उदाहारण हो कर्णालीमा चामल ढुवानी हुन नसकनु । केपी ओली सरकारका पालामा ढुवानी गर्ने भनेर सुरु भएको प्रक्रिया प्रचण्ड नेतृत्वको सरकार बनिसकेपछि पनि टुंगिएको छैनद् । यसअघिका आपूर्तिमन्त्री गणेशमान पुनको त आँ परेन परेन, नयाा आपूर्तिमन्त्री दीपक बोहोराले पनि चासो दिएको देखिएको छैन […]

२०७३ भाद्र ४ गते, शनिबार

‘जति धेरै हाँसिन्छ, उति धेरै बाँचिन्छ’

काठमाडौँ, ३ भदौ । ‘जति धेरै हाँसिन्छ, उति धेरै बाँचिन्छ’ भन्ने भनाइलाई मनन गर्दै सिस्नुपानी नेपाल र आरम्भ समूहले आज आयोजना गरेको हास्य सभामा १५ जनाले आफ्नो प्रस्तुति दिए । गाईजात्राका अवसरमा सर्वनाम थियटरमा आयोजित हास्य कविको गाइजात्रे सभाको अन्त्यमा ‘सुपरस्टार’ र ‘फ्युचरस्टार’ भनी दुई कविलाई पुरस्कृत समेत गरियो । ‘सुपरस्टार’को पदवी जित्नुभएका कवि टेकबहादुर […]

२०७३ भाद्र ३ गते, शुक्रबार

चोर शिकारी स्थानीयको फन्दामा

काठमाडौं, ३ भदौ । मनाङको स्थानीयले चोर शिकारी गर्ने चार जना शिकारीलाई पक्राउ गरेका छन् । उनीहरुले पिसाङ जंगलबाट गएराति चार जना शिकारी पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा रुकुमको ट्याङ गाविस–८ का केशरमान ओली, सोही ठाउँंका नन्दराम रोक्का, कुलबहादुर रोक्का र कृष्णबहादुर मगर छन् । चारैजना जंगलमा कस्तुरी मार्नका लागि गएको प्रहरीले जनाएको छ […]

२०७३ भाद्र ३ गते, शुक्रबार