अर्थ

नेपाली कामदारको कोटा घट्यो

काठमाडौ, १६ बैशाख । दक्षिण कोरियाले अर्थतन्त्रमा आएको मन्दी र गत वर्ष प्रक्रिया पूरा गरेर जान नपाएकाको रोस्टरमा लामो सूची रहेका कारण आगामी वर्षका लागि नेपालमा कामदारको कोटा कटौती गरेको छ । सन् २०१७ मा कोरियाले अधिकतम ३१ सय नेपाली परीक्षार्थीलाई मात्रा भाषा परीक्षामा उत्तीर्ण गराउने जानकारी दिएको छ । गत वर्ष ८ हजार ५ […]

२०७३ बैशाख १६ गते, बिहीबार

राजश्व असुली लक्ष्य ३० अर्ब घट्यो

काठमाडौँ, १५ वैशाख । वीरगन्ज भन्सारले राजश्व असुली लक्ष्य घटाएको छ । भन्सार विभागले गरेको निर्णय अनुसार वीरगन्ज भन्सारको बार्षिक राजश्व असुली लक्ष्यमा ३० अर्ब रुपैयाँले घटाइएको हो । मधेसी मोर्चाको आन्दोलन र भातीय नाकाबन्दीको कारण ६ महिना तराई क्षेत्रमा प्रभाव परेको भन्दै राजश्व असुली लक्ष्य घटाइएको हो । १ सय ३४ दिनसम्म भन्सार अवरुद्ध […]

२०७३ बैशाख १५ गते, बुधबार

अधिकांश जलविद्युत् आयोजना विवादको घेरामा

काठमाडौ, १४ बैशाख । सरकारले ऊर्जा सङ्कट निवारणकाल घोषणा गरेपनि अधिकांश जलविद्युत् आयोजना विवादमा फसेका छन् भने सरकारको दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष समेत संकटमा परेको छ । विवादमा रहेका आयोजनामध्ये प्रसारण लाइन बढ्ता देखिएका छन् भने जलविद्युत् आयोजनाको विवाद संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् […]

२०७३ बैशाख १४ गते, मंगलवार

सञ्चारगृहले उद्योग सरह मान्यता पाउने

काठमाडौ, १४ बैशाख । सरकारले सबै सञ्चार गृहरुलाई उद्योग सरह मान्यता दिने भएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारगृहहरुमा व्यवसायिकता र उद्यमशिलता बढ्दै गएकाले रोजगारी र कुल गार्हस्थ उत्पादनमा सहयोग पुगेको भन्दै सञ्चार माध्यमलाई पनि उद्योग सरह मान्यता दिने मन्त्रीस्तरीय निर्णय भएको बताए । त्यस्तै सरकारले रेडियोहरुलाई पनि बर्गिकरण गर्ने तयारी गरेको छ […]

२०७३ बैशाख १४ गते, मंगलवार

पुनःनिर्माण सुन्य , कस्टमा भूकम्प पीडित’ : बीबीसी

काठमाडौं, १३ वैशाख । नेपालमा विनाशकारी भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माणको कामले गति नलिएकोप्रति अन्तर्राष्ट्रिय मिडियालेसमेत प्रश्न उठाउन थालेका छन् । भूकम्पको एक वर्षपछि पनि मानिसहरु त्रिपाल र टहरामा बसिरहनुपरेको अवस्था र आगामी बर्खामा पनि भूकम्पपीडितहरुले स्थायी बसोबास पाउने सम्भावना क्षीण बनेको ती सन्चारमाध्यमहरुको निष्कर्ष रहेको छ । बीबीसी विश्व सेवाले सर्वसाधारणका घरमात्रै […]

२०७३ बैशाख १३ गते, सोमबार

वैदेशिक रोजगारीमा गएकी पीडित महिलाको उद्धार

काठमाडौं, १३ बैशाख । वैदेशिक रोजगारीमा मलेशिया गएकी पीडित रसुवा धैबुङ ५ कालिकास्थान घरभएकी ३० बर्षीया यशोदा देवकोटालाई महानगरीय अपराध महाशाखाको विशेष पहलमा मलेशिया स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी शनिबार उद्धार गरी नेपाल ल्याएको छ । २०७१ साउन ४ गते नेपालबाट मलेशिया रोजगारको सिलसिलामा देबकोटा काम गर्ने क्रममा केही समय पश्चात […]

२०७३ बैशाख १३ गते, सोमबार

प्रधानमन्त्री ओलीले सके भोजभतेरमै तीन करोड

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको एक वर्ष नपुग्दै आधा दर्जन भन्दा बढी पटक भोजभतेर आयोजना गरी राज्यको ३ करोड रुपैयाँ सिध्याएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालायलाई खाजा, भोज भतेरलगायत खर्च ९विविध शीर्षक०का लागि एक करोड ५० लाख रुपैयाँ दिएको थियो । प्रधानमन्त्री ओलीले […]

२०७३ बैशाख १२ गते, आईतवार

जापान पठाउने भन्दै ठगी गर्ने कार्की पक्राउ

काठमाडौं, ११ बैशाख । जापान पठाइदिने भन्दै रु ३७ लाख बढी रकम असुल्ने झापा शनिश्चरेका राजकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले विर्तामोडमा सञ्चालित फास्टट्र्याक एजुकेसन कन्सलटेन्सीमार्फत झापा, इलाम, पाँचथरलगायत जिल्लाका १५ जनालाई ‘वर्किङ भिसा’मा जापान पठाइदिने भनेर रु ३७ लाख ५० हजार असुलेको प्रहरीले जनाएको छ । कार्की विदेशमा कामदार पठाउने कुनै अनुमति […]

२०७३ बैशाख ११ गते, शनिबार

डोको–डालोवाट मासिक ३५ हजार आम्दानी

काठमाडौं, ११ बैशाख । धादिङको दुर्गम रि गाउँ विकास समितिका स्थानीयले जंगलमा खेर गइरहेको बाँस र निगालो संकलन गरी बनाएको सामाग्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन । कुनै बेला आफ्नो परिबार पाल्नै धौं धौं पर्ने धादिङको दुर्गम गाउं रि का बासिन्दा पछिल्लो समय निक्कै उत्साहित देखिन्छन् । जंगल र खोला किनारमा […]

२०७३ बैशाख ११ गते, शनिबार

विवरण लिएर आउन थाले सिनेमा हल

काठमाडौं, ११ वैशाख । पछिल्लो समय कर नतिर्ने सिनेमा हलमाथि कारबाहीको प्रक्रिया अघि बढाएसँगै कर तिर्न उनीहरु विवरणसहित काठमाडौँ महानगरपालिका आउन थालेका छन् । केही समय अघिदेखि काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन हुँदैआएका तर कर नतिरेका सिनेमा हललाई कामपाले कारबाहीको प्रक्रिया सुरु गरेको थियो । गोपीकृष्ण सिनेमा हलले कर तिर्न विभिन्न किसिमका करको शीर्षकसहितको विवरण लिएर आएको […]

२०७३ बैशाख ११ गते, शनिबार