नेकपा चन्द्रागिरी नगरसमितिमा विभिन्न पार्टी परित्याग दर्जनौ प्रवेश

२०७८ भाद्र २७ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ११ मा पार्टी ध्रुबीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममाा सुर्य सुनुवार राई, दिपक शाह, बगेन्द्र अधिकारी, मनिषा मगर, प्रकाश केसी, प्रवेश कुलामा,र छविमायाको नेतृत्वमा विभिन्न दल तथा पार्टी परित्याग गरि आउने ५० जनालाई नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गराइएको थियो । नवप्रवेशीहरुलाई टीका र खाँडा ओढाई प्रवेश तथा स्वागत गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि तुलसीनारायणले यो संसदीय व्यवस्था रहेसम्म नेपाली जनताले सुख नपाउने र यो व्यवस्था फाल्नको लागि पार्टी स्थापना कालदेखि नै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउनका लागि संघर्ष गरिरहेको बताए । वैज्ञानिक समाजवाद व्यवस्था आएमा नेपाली जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ र रोजगार तथा संचार सुविधा पाउने बताए । अहिले देशैभरी एमसीसीको विरोध भैरहदा संसदमा रहेका सत्तालिप्सा पार्टीले नबोलेको दाबी गरे । आफूहरुले एमसीसी विरुद्ध २३ गते देखि आन्दोलनका कार्यक्रम गरिरहेको र २८ गते महासचिवले सम्बोधन गर्ने जनसभामा सरिक हुन सबैलाई आग्रह गरे ।
कार्यक्रममा अतिथि अखिल नेपाल शिक्षक संगठन का महासचिव रमेश रुपाखेती र जनपत्रकार संगठन काठमाडौंका संयोजक जितेन्द्र महर्जन पनि शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य अखिल नेपाल क्रान्तिकारी अटो मोबाइल श्रमिक संगठनका केन्द्रीय अध्यक्ष ब्याकुलले गरेको कार्यक्रमको
संचालन श्याम तामाङले गरेका थिए । पार्टीका नगर सेक्रेटरी प्रभासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी तुल्सिनारायण महर्जन रहेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार