‘नदीनाला बढ्न सक्छ सचेत रहनु’

२०७८ श्रावण ३० गते, शनिबार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार मुलुकका केही भागमा सामान्य देखि पूर्ण बदली रही भारी देखि मध्य वर्षा हुने सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही भागमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै मुलुकका धेरैजसो स्थानमा सामान्य देखि पूर्ण बदली रहने र मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । वर्षाका कारण पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुने तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार