मानव अधिकार आयोगद्वारा बाल अधिकारको सम्मान र संरक्षणमा जोड दिन आग्रह

२०७७ मंसिर ५ गते, शुक्रबार


काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सम्मान र संरक्षणमा जोड दिन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
यस बिषयमा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता (सहसचिव) डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –” बाल अधिकारको सम्मान, संरक्षण र संवद्र्धनको लागि संयुक्त राष्ट्र संघद्वारा बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ जारी भएको आज ३१ वर्ष पूरा भएको छ । यस अवसरमा आयोग सम्पूर्ण बालबालिकाहरुप्रति शुभकामना व्यक्त गर्दछ ।


नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेका प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनका लागि देशको संविधान, ऐन, नियम र कानुनहरुको व्यवस्था गरी कार्य गरिरहेको छ । तर अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धता, कानूनी व्यवस्था, अदालतका फैसला तथा राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा बालबालिकाहरु अझै पनि पोषण, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनुका साथै बालविवाह, बालश्रम र हिंसाबाट पीडित हुन पुगेको आयोगको अनुगमनबाट पाइएको छ । सामाजिक वहिष्करण, डर, त्रासलगायतका कारण बलात्कार तथा यौन हिंसाबाट पीडित बालिकाहरु न्याय प्राप्तिको अधिकारबाट वञ्चित हुनुपरेको आयोगको अध्ययनको क्रममा देखिएको छ । पछिल्लो समय कोभिड–१९ को महामारीको अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाहरुको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचबाट समेत बालबालिकाहरु वञ्चित हुन पुगेको देखिन्छ ।
अतः बाल अधिकार सम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फैसला र आयोगका सिफारिसहरुहरुको प्रभावकारी कार्यान्वयन गर्न तथा बाल विवाह, बालश्रम, बाल यौन दुव्र्यवहार जस्ता बाल हित विपरीतका घटनाहरु निराकरणका लागि विशेष कार्य गर्न आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार