सप्तरीमा विद्युत् अबरुद्ध

२०७५ बैशाख १२ गते, बुधबार

काठमाडौं, १२ बैशाख । सप्तरी जिल्लाभर विद्युत् अबरुद्ध भएको छ । पावर ट्रान्सफर्मर पड्किएपछि बिगत पाँच दिनदेखि विद्युत् सेवा प्रभावित भएको हो ।
नियमित प्रयोगमा रहेका दुईमध्ये एउटा पावर ट्रान्सफर्मर पड्किएपछि पाँच दिनदेखि जिल्लाभर विद्युत् अनियमित भएको हो । सप्तरी सदरमुकाम राजविराज र अन्य क्षेत्रको विद्युत् आपूर्तिका लागि दुई वटा पावर ट्रान्सफर्मर प्रयोगमा थिए । त्यसमध्ये सदरमुकाम राजविराजका लागि प्रयोग भइरहेको ट्रान्सफर्मर गत शुक्रबार राति पड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
ट्रान्सफर्मर मर्मतका लागि भइरहेको प्रयास असफल भएपछि एउटै ट्रान्सफर्मरबाट आपूर्ति गर्नुपरेकाले विद्युत् अनियमित भएको केन्द्र प्रमुख चन्द्रनारायण साहले बताए । समस्याबारे क्षेत्रीय कार्यालय जनकपुरमा जानकारी गराइ सकिएको र प्राविधिक टोली आएर ट्रान्सफर्मरको समस्या पत्ता लगाउने प्रमुख साहले बताए । विद्युत् अनियमित भएपछि जिल्लाका कुल ६५ हजार उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । विद्युत्बाट चल्ने उद्योगधन्दा, सेलर मिल, काठका मिल पूर्णरुपमा प्रभावित छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार