वसन्त श्रवणको साइत बुधबार बिहान ११ः३५ बजे

२०७३ माघ १५ गते, शनिबार

काठमाडौँ, १५ माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले श्रीपञ्चमीका दिन वसन्त श्रवण गर्ने साइत बिहान ११ः३५ बजे तोकिएको जनाएको छ । यसै साइतमा अक्षराम्भ, नाक कान छेड्ने तथा वाद्यवादनको सिकाइ सुरु गर्नु उपयुक्त मानिएको छ । श्रीपञ्चमी माघ १९ गते बुधबारका दिन परेको छ । हनुमानढोका दरबारका कर्मचारी मिठाराम पुडासैनीका अनुसार यसै साइतमा हनुमानढोका दरबारको नासलचोकमा राष्ट्रप्रमुखबाट वसन्त श्रवण हुने कार्यक्रम तय भएको छ । नासलचोकमा यसका लागि आवश्यक साजसज्जा तथा अन्य बन्दोवस्ती कार्य भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

स्कुल बसमा आगजनी !

२०८१ बैशाख ३० गते, आईतवार

सबै शिक्षकका काज फिर्ता !

२०८१ बैशाख २६ गते, बुधबार