रसुवामा हिमापात

२०७३ पुष ११ गते, सोमबार

काठमाडौँ , ११ पुस । रसुवाको उच्च हिमाली क्षेत्रमा गएराति हिमपात भएको छ भने तल्लो क्षेत्रमा सामान्य वर्षा भएको छ । रसुवाको लाङटाङ, गोसाइकुण्ड तथा चन्दनबारी आसपासमा हिमपात र वर्षाले चिसो बढेको छ । चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । बालबालिका र बृद्धबृद्धालाई चिसोको मार बढी परेको छ । यद्यपि, कृषक भने हिउँ र पानी परेकाले हिउँदेबालीलाई फाइदा हुने भन्दै खुशी भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु