क्याम्पसको भ्रष्टचार बिरुद्ध विद्यार्थी संगठन

२०७३ श्रावण १८ गते, मंगलवार

काठमाडौ, १८ साउन । ताप्लेजुङको फुङलिङ स्थित पाथीभरा बहुमुखी क्याम्पसमा लाखौँ भ्रष्टचार भएको आन्दोलनरत विभिन्न ७ विद्यार्थी संगठनले दाबी गरेका छन् । ताप्लेजुङ जिल्ला स्थित क्रियाशील विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र संघीय विद्यार्थी यूनियन, लिम्बुवान लगायत विभिन्न सातओटा विद्यार्थी संगठनले संयूक्त रुपमा आर्थिक पारदर्शिता गर्नुपर्ने, विद्यार्थी शुल्क बृद्धि घटाउने, पुस्तकालय व्यवस्थापन तथा विस्तार र ईलाईब्रेरी विकास र शैक्षिक गुणस्तर लगायतका ४ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएर आन्दोलन गर्दै आएका छन् ।
क्याम्पसले आर्थिक वर्ष ०६८-६९ देखि ०७१-७२ सम्मको सामाजिक लेखा परीक्षण गरेको बताईए पनि आन्दोलनरत विद्यार्थी संगठनले सामाजिक लेखा परीक्षणको मान्यता र प्रणाली अनुरुप कम्तिमा ७ दिन अगावै सार्बजानिक सूचना प्रकाशन प्रसारण गरेर मात्र सालेप गर्नुपर्ने व्यवस्था अनुरुप नभएकोले क्याम्पस प्रशासनले गरेको अवैधानिक सालेप प्रति असहमती जनाएका छन् ।
आन्दोलनरत विद्यार्थी संगठन, सरोकारवाला निकाय, सञ्चारकर्मी, अभिभावक, संचालक समितिका सदस्य, अध्ययनरत सम्पूर्ण विद्यार्थी लगायत क्याम्पसमा अध्यापनरत प्राध्यापक र अन्य सरोकारवाला निकायलाई जानकारी नगरी सालेप गरिएको प्रति विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई असार १६ गते बिदा दिएर सुनियोजित तरिकाले क्याम्पसले सालेप गरेको पनि विद्यार्थी संगठनहरुले दाबी गरेका छन् । असार १७ मा क्याम्पस प्रमुख मोहन राईले एकोहोरो एक प्रति सालेप भनिएको प्रतिवेदन वाचन गरिरहँदा समेत आफूहरुले आपत्ति जनाएको र त्यसछि एकदुई दिनभित्र छलफल गरी पुन सालेप गरिने प्रतिवद्धता गरेको क्याम्पस प्रशासनले झण्डै एक महिना पुग्न आँटे पनि कुनै प्रतिक्रिया दिएको छैन ।
पाथीभरा क्याम्पसको आर्थिक पारदर्शिताको कुरा पेचिलो बन्दै गएपछि सामाजिक लेखा परीक्षण समिति बनाईएको थियो । समिति गठन भए लगत्तै काम शुरु गरेको समितिले महिनौँ दिन लगाएर प्रतिवेदन पेश गरेको थियो । क्याम्पसमा आजसम्म नगदि रसिदको प्रयोग नभएको तथ्य फेला समेत परेको छ । सामाजिक लेखा परीक्षण समिति सदस्य गजेन्द्र तुम्याङले अहिलेसम्म नगदि रसिद प्रयोग अनिबार्य राख्न र विद्यार्थी अभिलेख प्रष्ट राख्नको लागिसुझाब सहितको प्रतिवेदन बुझाईएको बताए ।
आन्दोलनरत विद्यार्थी संगठनले क्याम्पसले सालेप गरेको भन्ने प्रचारबाजी गर्ने संचार माध्यम र संचारकर्मी प्रति इंकित गर्दै, आफूहरुले अहिलेसम्म आर्थिक पारदर्शिता नभएको क्याम्पसको आयव्यय प्ररम्भिक रुपमा सार्बजानिक गराएइएको जानकारी गराइएकोमा सालेप गराईयो भन्ने समाचार प्रसारण गरेको प्रति आपत्ति समेत जनाएका छन् । त्यस्तै संचार गृह र संचारकर्मीलाई कुरा बुझेर मात्र समाचार संप्रेषण गर्न आग्रह गरेका छन् ।
विद्यार्थी संगठनले आर्थिक सार्बजानिकरण गर्नु भनेको सामाजिक लेखा परीक्षण गर्नु नभएको समेत प्रष्ट पारेका छन् । आफ्नो सालिनता र माग प्रति क्याम्पस प्रशासनले बेवास्था गरे, अबको आन्दोलन शसक्त अनि निर्णायक हुने र जसबाट उत्पन्न असहजताको जिम्मा क्याम्पस प्रमुख र प्रशासन जवाफदेहि हुने बताए ।
विभिन्न ७ बिद्यार्थी संगठनले पाथीभरा क्यामपसमा आर्थिक पारदर्शीता र अनियमितता भएको दाबी गरे पनि आन्दोलनरत विद्यार्थीलाई बैँक स्टेटमेन्ट नदेखाईएको, सालेप समितिमा सहभागी नगराईएकोले भ्रष्टचार कति भयोे स्पष्ट छैनन् ।
क्याम्पस प्रशासनले भने भ्रष्टचार भएको आरोप सत्य नभएको जिकिर गरेको छ । कुनै पनि व्यक्ति, विद्यार्थी संगठनको पूर्वाग्रही पृष्ठभूमीबाट भ्रष्टचारको आरोप आएको प्रति आरोप लगाएको छ ।
विद्यार्थीको अन्य मागमा भने क्याम्पस प्रशासन, व्यवस्थापन र शिक्षण गुणस्तरको सम्बन्धमा आफूहरू सकरात्मक रहेको क्याम्पस प्रमुख मोहनकुमार राईले बताए । – आलोक माबोहाङ् लिम्बू

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

स्कुल बसमा आगजनी !

२०८१ बैशाख ३० गते, आईतवार

सबै शिक्षकका काज फिर्ता !

२०८१ बैशाख २६ गते, बुधबार