फेसबुक प्रयोगकर्ता १ अर्ब ३९ करोड, नाफा दोब्बर

२०७१ माघ १६ गते, शुक्रबार

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकले पछिल्लो एक वर्षमा कम्पनीको मुनाफा दोब्बरले वृद्धि गर्न सफल भएको छ । फेसबुकले आफ्ना प्रयोगकताको संख्यामा समेत सन्तोषजनक वृद्धि गरेको रिपोर्टले देखाएको छ ।वर्ष सन् २०१४ को अन्तिम त्रैमासिकमा फेसबुकले ७० करोड १० लाख अमेरिकी डलर मुनाफा कमाएको छ । यो सँगै फेसबुकको सन् २०१४ को वाषिर्क मुनाफा २ अर्ब ९० करोड पुगेको छ । जुन सन् २०१३ को भन्दा दोब्बरले बढि हो ।फेसबुकले सन् २०१४ को चौथो त्रैमासिकमा आर्जन गरेको मुनाफा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले बढि हो ।यो अवधिमा फेसबुकको विज्ञापनबाट आउने राजश्वमा ५३ प्रतिशतले वृद्धि भएको छ । फेसबुकको विज्ञापनिक राजश्व मध्ये ७० प्रतिशत मोबाइल विज्ञापनबाट आउने गर्दछ ।
फेसबुकले मुनाफामा मात्र होइन आफ्ना प्रयोगकर्तामा समेत सन्तोषजनक वृद्धि गर्न सफल भएको छ । फेसबुकको प्रयोगकर्ताको संख्या १ अर्ब ३९ करोड पुगेको छ । जुन अघिल्लो वर्षको भन्दा १३ प्रतिशतले बढि हो । फेसबुकका प्रमुख मार्क जुकरबर्गले सन् २०१४ मा फेसबुकले धेरै उपलब्धी हासिल गरेको बताए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सिक्स जी डिभाइस सार्वजनिक

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार