युवा संगठन नेपाल मोरङको अध्यक्षमा माक्र्स

२०८० चैत्र १९ गते, सोमबार

काठमाडौँ । संगठन युवा संगठन नेपाल, मोरङको जिल्ला भेलाले माक्र्स सीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । भेलाले उपाध्यक्षमा सुरेन सी, सचिवमा गणेश सी, सहसचिवमा गगन सी र कोषाध्यक्षमा विष्णु सीलाई निर्वाचित गरेको छ । नारा जुलुससहित नगर परिक्रमा गर्दै जानकी धर्मशालामा भेला सुरु भएको थियो ।
भेलाको अध्यक्षता संगठनका जिल्ला संयोजक सुरेन सीले गरेका थिए । भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मोरङ इन्चोज संगीत सीको प्रमुख अतिथ्यता रहेको थियो भने युवा संगठनका केन्द्रीय कोषाध्यक्ष सुभाष सीको विशेष आतिथ्यता रहेको नेकपा मोरङ सेक्रेटरी कुमार सीले बताए ।
भेलामा शुभकामना मन्तव्य राख्दै संगीत सीले साम्राज्यवादका विरुद्धमा लड्नका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सम्पूर्ण युवाहरु युवा संगठनमा संगठित हुनपर्ने बेला आएको बताएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु