पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना

२०८१ बैशाख १० गते, सोमबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो ‘विशेष बुलेटिन’ जारी गरी विशेषगरी तराई क्षेत्रका नागरिकलाई वैशाख १४ गतेसम्म सजगता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आगामी ५ दिन (वैशाख १४ गते) सम्म तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न तराईवासीलाई सुझाव दिएको छ ।
‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, बुलेटिनमा भनिएको छ, ‘तसर्थ ती भूभागहरूमा आगामी ५ दिन (२०८१ वैशाख १० गते देखि २०८१ वैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
काठमाडौँजस्ता उपत्यका तथा खोँच भएका स्थानमा पनि तापक्रम बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन भनिएको छ । केही दिनयता देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै गएको छ । अब तराईका भूभागमा ‘अत्यधिक’ गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ । “लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानहरूमा विगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,” विशेष बुलेटिनमा उल्लेख छ ।
यसैगरी, अबका केही दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्यालले बताए । पाँचरसात दिनसम्मै वर्षाको सम्भावना नदेखिएको उनको भनाइ छ ।
“पाँचरसात दिनसम्म खासै वर्षाको सम्भावना देखिँदैन,” उनले भने, “थप हामी मोनिटरिङ गरिरहेका छौँ, त्यस्तो केही भएमा दैनिक बुलेटिनमार्फत जानकारी गराइहाल्छौँ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार