नागरिकलाई अनाबश्यक दवाब दिने लघुवित्तका कर्मचारी लखेटिए

२०८० चैत्र २४ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नागरिकलाई बारम्बार अनाबश्यक दवाब दिने लघुवित्तका कर्मचारीलाई लखेटेको छ । शनिबार नागरिकलाई अनाबश्यक दवाब दिदै किस्ता उठाउन आएका जीवन विकास लघुवित्तका कर्मचारीलाई नेकपा सर्लाहीले लखेटेको हो ।
सर्लाही जिल्लाको हरिवन नगरपालिका क्षेत्रमा जीवन विकास लघुवित्तले सर्वसाधारणलाई दुःख दिएको पाइएपछि नेकपाले शनिबार योजनाबद्ध रुपमा लखेटेको नेकपा सर्लाही जिल्ला इन्चार्ज सुर्य सीले बताए । कर्जा नतिरेको भन्दै कालोसूचीमा राखिदिने धम्की दिने, विहान बेलुका घरमा आएर अनाबश्यक दवाब दिने गरेपछि नेकपाले किस्ता उठाउन आएका बेलामा लखेटेको हो ।
नेकपाले लघुवित्तका डिएम धिरज राजवंशीसहित दुई जनाको टिमलाई सम्झाई बुझाई पठाएको उनको भनाई छ । ‘हामीले उनीहरु आयपछि महिला दिदी बहिनीसँग छलफल गरेर पठाउने योजना गरेका थियौं ।’, उनले भने, ‘तर उनीहरु लघुवित्तका सदस्यलाई कालोसूचीमा नराख्ने, पैसा उठाउन नआउने सहमति गरेर आत्तिदै भागे ।’

बिहानै ६ बजे किस्ता उठाउने भन्दै अर्काको घरमा आउने, धम्की दिने, अनाबश्यक दवाब दिने गरेपछि स्थानीय महिलाहरुले नेकपालाई खवर गरेका थिए । शनिबारको मौका पारी नेकपाले महिलाको सहभागितामा उनीहलाई लखेटेको हो । यो कार्यक्रममा नेकपा हरिवन नगर इन्चार्ज विकास सीसहित थुप्रै महिलाहरुको उपस्थिति थियो

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु