सैन्य पोशाकसहित विद्यालयभित्र सांस्कृतिक कार्यक्रम गर्नु आपत्तिजनक

२०८० चैत्र ८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले शिवपुरी माध्यमिक विद्यालयमा अमेरिकी सेनाले सांस्कृतिक कार्यक्रम गरेको भन्दै आपत्ती जनाएको छ। सो पार्टीका उपत्यका ब्युरो इन्चार्ज कृती सीले बिहिबार एक बिज्ञप्ति जारी गर्दै सो आपत्ति जनाएका हुन्। उनले मुलुकको संघिय राजधानीमा नै अमेरकी सेनाले सैन्य पोशाकमा यस्ता खालका क्रियाकलाप गर्नु नेपालको राष्ट्रिय स्वाधिनतामाथिको नाङ्गो हस्तक्षेप भएको ठहरसमेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरो इन्चार्ज कृती सीद्वारा जारी प्रेस बिज्ञप्ति यस प्रकार रहेको छ – ‘ २०८० फाल्गुन ३० गते काठमाण्डौ महानगरपालिका वडा नं ३, महाराजगंज स्थित शिवपुरी माध्यमिक बिद्यालयमा अमेरिकी सेनाले सांस्कृतिक कार्यक्रम गरेको समाचार सामाजिक संजाल मार्फत जानकारी हुन आएको छ । जुन कुराले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकको संघिय राजधानीमा नै अमेरकी सेनाले सैन्य पोशाकमा यस्ता खालका क्रियाकलाप गर्नु नेपालको राष्ट्रिय स्वाधिनता माथिको नाङ्गो हस्तक्षेप भएको हाम्रो पार्टी ठहर गर्दछ। यस्ता खालका क्रियाकलाप नगर्न अमेरिकी सेनालाई सचेत गर्दछौ र नेपाल सरकारलाई यस्तो प्रकारको घटना नदोहोर्याउनको लागि सुचित गर्दछौं।
भ्‌-राजनीतिक अन्तरविरोधको केन्द्र नेपाल बन्नु, नेपालमा टेकेर अमेरिकी साम्रज्यवादले आफ्नो प्रभुत्व कायम गर्न MCCपरियोजना मार्फत नेपाल प्रवेश गरेको बिषय सबैमा सर्वबिदितै छ। MCC परियोजना आफैमा हिन्द प्रशान्त रणनीति (IPS) अन्तर्गत हो भनेर हाम्रो पार्टी र केहि देश भक्त मित्रहरुले भनि रहेको बिषय यस घटनाबाट पनि पुष्टि हुदैछ । त्यसकारण राष्ट्रिय स्वाधिनतामा आंच आउने कुनै पनि गतिबिधि गर्न नदिन र यस्ता घटनाका बिरुद्ध आवाज बुलन्द गर्नका लागी सम्पूर्ण वामपन्थी ,देशभक्त ,समाजवादी, लोकतन्त्वादी एवं बुद्धिजीवी मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु