पत्रकार महासंघको महाधिवेशन वैशाख २१ गते

२०८० चैत्र ७ गते, बुधबार


काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको बताइएको छ । महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशन भएको एक महिनापछि महासंघको नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु