इजरायलद्वारा गाजामा सहायताका लागि पर्खिरहेकामाथि आक्रमण

२०८० फाल्गुन २९ गते, मंगलवार

काठमाडौँ । इजरायली सेनाको आक्रमणवाट गाजामा सहायताका लागि पर्खिरहेका सातजना मारिएका छन्। अलजजिराले इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा कुवेत राउण्ड अबाउटमा सहायता ट्रकको लागि पर्खिरहेका प्यालेस्टिनीमाथि आक्रमण गरेको जनाएको छ। आक्रमणमा २० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उपचार अल–शिफा मेडिकल कम्प्लेक्समा भइरहेको छ। यस्तै गाजामा २ हजार मेडिकल कर्मचारीले भोकमरिको सामना गरिरहेका छन्। विश्व स्वास्थ्य गंगठन (डब्ल्यूएचओका) अनुसार थोरै मात्रा सहायता गाजाको अल-शिफा अस्पतालमा पुग्न सफल भएको छ।
खाना र औषधिमा इजरायली प्रतिबन्धले गाजामा भोकमरी र अनिकाल निम्त्याएको छ। भोकमरीकै कारण २५ प्यालेस्टिनी नागरिकको ज्यान गइसकेको छ। -एजेन्सी

प्रतिक्रियाहरु