बेलायतमा हमास र इजरायलबीचको युद्धविरामको माग गर्दै प्रदर्शन

२०८० फाल्गुन २७ गते, आईतवार


काठमाडौँ । बेलायतमा हमास र इजरायलबीच तत्काल युद्धविराम गर्न माग गर्दै व्यापक प्रदर्शन भएको छ । सोलिडारिटी क्याम्पेनले आयोजनका गरेको प्रदर्शनमा दशौ हजारको संख्यामा सर्वसाधारणले सहभागिता जनाएका छन् ।
बेलायतको लण्डनमा भेला भएका उनीहरुले बेलायतको हाइड पाक कर्नरदेखि नाइनएल्म्सस्थित अमेरिकी दुतासबाससम्म मार्चपास गरेका थिए । गाजामा आगक्रमण गरेपछि बेलायतमा सर्वसाधारणले युद्धविरामको माग गर्दै गरेको यो १० औ पटकको प्रदर्शन हो ।
बेलायतका चर्चित गायक चार्लोट चर्चले अगुवाइ गरेको मार्चपार्समा बेलायतका विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । प्रदर्शनकै क्रममा उत्तेजक नारा लगाएको आरोपमा ४ जनालाई पक्राउ गरिएको छ । पक्राउकै क्रममा प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी र प्रहरीहरु घाइते भएका छन् । इजरायल र हमास युद्धविरामको नजिक पुगे पनि युद्धविरामको सहमति हुन सकेको छैन ।-एजेन्सी

प्रतिक्रियाहरु